मलेसिया पुगे किसानका ‘राजा’

झापा, १० असोज– बैदेशिक रोजगारीमा युवा आकर्षण डरलाग्दो गरी बढिरहेका  बेला झापाको लोपोन्मुख आदिवासी किसान जातिका ‘राजा’ (महतो) पनि यसबाट मुक्त हुन सकेनन् । किसान समुदायका राजा सिक्ला किसान ६ महिना अघि रोजगारीका लागि मलेसिया हानिएका हुन् । ‘घरको आर्थिक अबस्थाले थेग्न नसकेर बिदेशिनु भएको हो’ सिक्लाकी श्रीमती पार्वतीले भनिन्, ‘राजा भएर मात्रै खान नपुग्ने रहेछ ।’ गत साउनमा काका तथा राजा भाविर किसानको निधनपछि सिक्ला राजा बनेका हुन् । तर राजा बनेको बर्ष दिन पनि नहुँदै गत चैतमा उनी सस्तो श्रमका लागि मलेसिया हिंडेका हुन् । त्यसअघि उनी धाइजनमा मोटरसाईकल ग्यारेज सञ्चालन गरेर बसेका थिए । ग्यारेजको कमाईले मात्र श्रीमती र दुई छोरा–छोरी पाल्न समस्या भएपछि उनले वैदेशिक रोजगारीलाई बाटो रोजेका हुन् । किसान जातिभित्र हुने विवाह, मृत्यु लगायतका संस्कारमा राजा नभई हुँदैन । कुटपिट, लेनदेन, सम्वन्ध विच्छेद, अन्र्तजातीय विवाह सबै मुद्दा राजाले मिलाउनुपर्ने परिपाटी छ । राजा पत्नीलाई रानी अर्थात महतराइएन भनिन्छ । राजाको अनुपस्थितिमा सिक्लाकी श्रीमती पार्वती आँफैं काम कर्ममा उपस्थित हुने गरेको आजको कान्तिपुर दैनिकमा खबर छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय