एनआरएनए कपको उपाधि मेचिकाली जनजागृतिलाई

चिरन्जिबी तिम्सिना, कतार– गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले अयोाजना गरेको एनआरएनए कप २०१४ को उपाधि मेचिकाली जनजागृति युवा क्लबले जितेको छ । उपाधिसँगै सो क्लवले १० हजार कतारी रियाल(नेरु करिब २ लाख) नगद सहित कप जित्यो । कतारको दोहामा भएको फाइनलमा मेचिकाली जनजागृति युवा क्लवले नारायणगोपाल आई ए एफ फुटवल टिमलार्इ शुन्यको बिरुद्द तीन गोलले पराजीत गर्दै उपाधि जितेको हो । फाइनल प्र्रतियोगितामा भव्य साँगितिक कार्यक्रम समेत आयोजना गरियो । कार्यक्रममा हास्य कलाकार विल्सन विक्रम राई (तक्मे बुढा), गायिका जुनु रिजाल काफ्ले, लोकगायिका देविका केसी, गायक तुलसी पराजुली तथा स्थानीय कलाकारहरुले आफ्नो कला प्रस्तुत गरेका थिए । अल अरबी स्पोर्ट्स क्लबमा फुटवलको फाइनल प्रतिस्पर्धा र कलाकारको प्रस्तुती हेर्न करिव १४ हजार नेपाली उपस्थीत भएका थिए । DSC_0920 फाइनलका उपाधि विजेता तथा खेलाडी र कलाकारहरुलाई पुरस्कार तथा सम्मान एनआरएन एन सी सी कतारका अध्यक्ष मक्सुद आलम, पूर्ण के सी, आर के शर्मा, उमेश अधिकारी, टुकराज अर्याल लगायतले वितरण गर्नुभएको थियो । यसैगरी उपविजेता नारायणगोपाल आई ए एफ फुटवल टिमले ५ हजार कतारी रियल (करिब रु १ लाख २५ हजार) नगद पुरस्कार र कप हात पार्न सफल भयो । यसैगरी मकालु ब्ल्याक क्याट फुटवल टिमले तेश्रो भइ कतारी रियल ३ हजार ९ (करिब रु ८० हजार) हात पार्न सफल भयोे ।DSC_0914 DSC_0940DSC_0963DSC_0838 DSC_0922

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: