एनआरएन आठौं क्षेत्रीय सम्मेलन जापानमा

नागानो, जापान । गैरआवासीय नेपाली संघ(एनआरएन)को आठौं क्षेत्रीय सम्मेलन जापानको नागानोमा आयोजना भयो । ‘सम्बृद्ध नेपालका लागि आर्थिक मार्गचित्र’ नारासहित सुरु भएको सम्मेलनमा बिभिन्न मुलुकबाट करिव २ सयभन्दा बढि गैरआवासीय नेपाली तथा अतिथिहरु सहभागी भए । सम्मेलनको उद्घाटन जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई, एनआरएन अध्यक्ष शेष घले, सभासद् गगन थापा र स्थानीय चिनो शहरका मेयरले संयुक्त रुपमा गरेका थिए ।   कार्यक्रममा प्रमुख अतिथिका रुपमा निम्ताइनुभएका नेपालका अर्थमन्त्री डा. रामशरण महत बिशेष राजनीतिक परिस्थीतिका कारण जापान आउन असमर्थ भएपनि अनलाइनमार्फत् सम्मेलनलाई सम्बोधन गरेका थिए ।  अर्थमन्त्री महतले जापान लगायत बिश्वका अत्यन्तै प्रतिस्पर्धी मुलुकमा पनि नेपालीले गरेको ठूलो प्रगतिबाट नेपाल र नेपाली गौरवान्वित रहेको बताए ।  ‘बिदेशमा नेपालीले आर्जन गरेका सीप, पूँजी र जाँगर अब नेपालमा लगाउनुपर्छ’ अर्थमन्त्री महतले भने–‘ लगानीका लागि लगानीमैत्री नीति र सरकार चाहिन्छ, लगानीमैत्री नीति बनाउन सरकार तयार छ ।’  नेपालमा एनआरएनको लगानी सुरु भइसकेको भन्दै उनले त्यसलाई अझै बढाउनुपर्ने बताए । नेपाली नागरिकताको निरन्तरताका nagoya-teamलागि नेपाल सरकार र सभासद्हरु समेत र सो माग सम्बोधन हुनेमा आफु बिश्वस्त रहेको उनले बताए । ‘एनआरएनहरु नेपाल आउँदा बिदेशी भएर हैन नेपाली भएर आउन पाउनुहोस भन्ने हाम्रो चाहना हो’ अर्थमन्त्री महतले भने –‘नेपालीलाई भन्दा कम सुबिधा नहोस, भेदभाव नहोस भन्ने सरकारको चाहना छ ।’ सम्मेलनलाई सम्बोधन गर्दै एनआरएनका अध्यक्ष शेष घलेले बिगत १० बर्षमा एनआरएनको सञ्जाल विस्तार भएकाले अब यसलाई दिगो बनाउने र उपलब्धीमूलक काम गर्ने तर्फ आफ्नो प्रयत्न रहेको बताएका थिए । नेपालमा अझै पनि बिदेशी लगानी र एनआरएन लगानीमैत्री कानून नभएको भन्दै उनले त्यसलाई परिवर्तन गरेर प्रशासनिक झण्झट कम नगरेसम्म लगानी आकर्षित गर्न कठिन हुने बताए । सम्मेलन आयोजक समितिका संयोजक एवं एनआरएन उपाध्यक्ष भवन भट्टले एउटा सानो सम्मेलनले पनि नेपालको आर्थिक बिकाशको मार्गचित्र कोर्न सुरुवात गर्न सक्ने भन्दै सवै सहभागीलाई जापानमा स्वागत गरेका थिए । gagan-thapa एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले अहिलेको अवस्थामा राष्ट्रियताको परिभाषा फेरिएको भन्दै मुलुकको सम्बृद्धि नै अहिलेको राष्ट्रियता भएको बताए । एनआरएनको भवन निर्माणका लागि भइरहेको अर्थ संकलनमा अभियानमा ऐक्यबद्धता जनाउँदै उनले त्यसका लागि १ करोड ५१ लाख रुपैयाँ सहयोगको घोषणा समेत गरेका छन् । सभासद् गगन थापाले एनआरएनले उठाएका मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै मुलुकको सम्बृद्धिका लागि एनआरएनको सहभागिता अपरिहार्य रहेको बताए । जापानका लागि नेपाली राजदूत मदन भट्टराईले जापानसँग दोहोरो कर अन्त्यसम्बन्धी सम्झौताका लागि पहल भइरहेको बताउँदै सम्झौता पश्चात जापानमा रहेका नेपालीले नेपालमा लगानी गर्दा दोहोरो कर तिर्नु नपर्ने बताए । आर्थिक मार्गचित्रबारे छलफल उद्घाटनलगत्तै नेपालको आर्थिक बिकाशको मार्गचित्र र गैरआवासीय नेपालीको लगानीका बिषयमा ‘थिमेटिक डिस्कसन’ भयो । कार्यक्रममा आफ्नो बिशेष प्रस्तुती पेश गर्दै सभासद् गगन थापाले गैरआवासीय नेपालीको संयुक्त लगानीबाट ठूला आयोजना मात्र नभई सानो लगानीलाई पनि ध्यान दिन आग्रह गरे । अब गैरआवासीय नेपालीले परोपकारी कामको ढाँचा परिवर्तन गर्दै ‘सामाजिक उद्यमशिलता’मा ध्यान दिनुपर्ने थापाको भनाई थियो । ‘तपाईहरुले बिदेशमा सिकेको काम गर्ने संस्कारलाई नेपालमा स्थापित गर्नुपर्यो’ थापाले भने । एनआरएन अध्यक्ष शेष घलेले नेपाललाई दोहोरो अंकको आर्थिक बृद्धि जरुरी रहेको बताएका थिए । ‘नेपालको आर्थिक बृद्धिदर मनसुनमा आधारित छ, मनसुन राम्रो भयो भने धान खेती बढ्छ, आर्थिक बृद्धिदर बढ्छ’ उनले भने – मनसुनमा आधारित आर्थिक बृद्धिदर परिवर्तन गर्न आवश्यक छ ।’ राजनीतिक तहमा आर्थिक एजेण्डामा छलफल कम भएको बताउँदै अध्यक्ष घलेले प्रशासनिक झमेलाका कारण प्रत्यक्ष बैदेशिक लगानी आउन नसकेको स्पष्ट पारेका थिए । ‘मैले आफ्नै होटल बनाउन खोज्दा नक्सा पास गर्न एक बर्ष धाउनुपर्यो’ उनले भने ‘यस्तो प्रशासनिक झमेला र पुराना ऐन नियमले कसरी लगानी आउन सक्छ ?’ नेपाल उद्योग बाणिज्य महासंघ अन्तराष्ट्रिय तथा गैरआवासीय नेपाली लगानी प्रर्बद्धन समितिका सभापति चन्द्रप्रसाद ढकालले नेपालको बजेट बराबर एक बर्षमा साढे ५ खर्व रेमिट्यान्स भित्रिने बताउँदै त्यसको दुई प्रतिशतमात्रै पूँजी निर्माणमा खर्च हुने गरेको बताए । उनले रेमिट्यान्स अनुत्पादक क्षेत्रमा लगानी भएन भन्ने टिप्पणीप्रति आफु असहमत रहेको भन्दै स्वास्थ्य, शिक्षा लगायतका अत्याबश्यक क्षेत्रमा रेमिट्यान्स लगानी भएको तर्क गरेका थिए । छलफलमा एनआरएन संस्थापक अध्यक्ष उपेन्द्र महतो, निवर्तमान अध्यक्ष जीवा लामिछाने, अष्ट्रेलियाकी महिला उद्यमी जमुना गुरुङ लगायतले नेपालमा गैरआवासीय नेपालीको लगानीका लागि आह्वान गरेका थिए । सम्मेलनको दोस्रो सत्रमा नेपालमा ब्यवसायको नयाँ अवसर शिर्षकमा छलफल भएको थियो । सो सत्रमा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी सहित दिनेश मानन्धर, निरञ्जन फुयाँल, बिश्वराज कँडेल लगायतले आ–आफ्ना कार्यपत्र पेश गरेका थिए । nrn-nagano-1

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय