पथरी समाजले तिम्सिना र राईलाई सम्मान गर्ने

युएई । पथरी युवा समाज युएइले मोरंग जिल्लाको क्षेत्र नं २ बाट पत्रकारिता गर्ने क्रियाशील पत्रकारलाई सम्मान गर्ने योजना अनुसार यसवर्ष क्रियाशील पत्रकारिता पुरस्कार भुपेन्द्र तिम्सिनालाई प्रदान गरिने भएको छ । यसैगरी प्रेरणा पत्रकारिता सम्मानबाट नरेन्द्र राईलाई सम्मान गर्ने समाजले निर्णय गरेको छ । समाजका अध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशील पत्रकारिता पुरस्कारमा सम्मान पत्र तथा नगद रु १०,००० प्रदान गरिने छ । यसैगरी प्रेरणा पत्रकारिता सम्मानबाट राईलाई विभूषित गरिने छ । समाजले पुरस्कार तथा सम्मान प्राप्त गर्ने पत्रकारको छनौट गर्न पथरीबाट पत्रकारिता गरि हाल युएइमा रहेका नेपाल पत्रकार महासंघ युएईका सह–सचिव त्रिलोचन कोइरालाको संयोजकत्वमा नेपाल पत्रकार महासंघ मोरङका सह–सचिव मोहन भट्टाराई, नेपाल पत्रकार महासंघ मोरङका सदस्य लोकबहादुर चौहान, पथरी युवा समाज युएईका अध्यक्ष कृष्णप्रसाद पौडेल र पथरी युवा समाज युएई सम्पर्क समिति पथरीका सचिव तारा घिमिरे रहेको ५ सदस्यीय छनौट समिति गठन गरेको थियो । समाजले पथरीमा विजयादशमीको अवसरमा एक कार्यक्रम गरी पत्रकारलाई सम्मान गर्ने समाजका संस्थापक अध्यक्ष मोहन नेपालले बताएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: