सव–ओभरसियरका लागि कत्तिको कामको अवसर छ ?

प्रश्नः मेरो नाम लक्ष्मण विक हो । मेरो घर नवलपरासी हो । मैले सव–ओभरसियर गरेको छु । म वैदेशिक रोजगारीका लागि जान चाहन्छु । सव–ओभरसियरका लागि कत्तिको कामको अवशर छ ? उत्तरः सिभिल तर्फका ईञ्जिनियर तथा ओभरसियरका लागि खाडीका मुलुकहरुमा धेरै राम्रो माग छ । तलव पनि आकर्षक छ । सिभिल बाहेक अन्य विधामा पढेका ईञ्जिनियर तथा ओभरसियरहरुका लागि भनें धेरै आकर्षण छैन । त्यसैले तपाईले सिभिल पढ्नु भएको हो भनें फ्रि भिषा, फ्रि टिकटमा तथा विदेश गएपछि पनि आकर्षक तलव, सुविधा पाउन सक्नुहुन्छ । (कमल तामाङ, वैदेशिक रोजगार व्यवसायी)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय