आल्मुनियमको काम, खाडीमा भन्दा दोब्बर दाम

शहरमा अग्ला घर बन्ने क्रमले भर्खरै गति पक्रिंदैछ । यसले शहरलाई जति फरक बनाउँदैछ, श्रमिकको जीवनपनि फेरिंदैछ । अर्थात कमाईको बाटो बढेको छ । नयाँ र आकर्षक भवन बन्ने क्रम बढेसँगै नयाँ प्रविधि र स्रोतको प्रयोग पनि बढेको छ । उसो त युवा पुस्तालाई पुरानो घर भन्दा पनि चिटिक्क परेको नयाँ घरकै लगाव बढी छ । त्यसैले पुरानो घर भत्किएर अहिले नयाँ घर अग्लिन थालेका छन् । यसले निर्माण क्षेत्रमा नयाँखालका रोजगारी सिर्जना भैरहेको छ । पछिल्लो समयमा निक्कैै आकर्षक कमाई हुने काम हो आल्मुनियम फेब्रिकेसनको । झलक्क हेर्दा राम्रो देखिने र बनाउन छिटो तथा सजिलो आल्मुनियमका झ्याल, ढोका लगाउने चलन केहिबर्ष यता ह्वात्तै बढेको छ । पार्टेसन गर्न पनि आल्मुनियमको नै प्रयोग हुन थालेको छ । एकातिर काठको भाउले आकाश छुँदै गएको छ भने अर्कोतर्फ पैसा तिर्न चाहनेले पनि सजिलै काठका झ्याल, ढोका पाउन मुस्किल छ । त्यसैले पाउन सजिलो, देख्दा राम्रो र काठभन्दा सस्तो पर्ने भएपछि आल्मुनियमको माग धेरै बढेको पिस प्राविधिक तालिम केन्द्रका प्रमुख लक्ष्मिप्रसाद शर्मा बताउँछन् । नेपालमामुख्य गरी आल्मुनियमको झ्याल, ढोका र कोठा बनाउने काम बिदेशी नियोग, अस्पताल र बैंकहरुले भित्र्याएका हुन् । अहिले शहरमा बन्ने धेरैजसो ठूला घरमा आल्मुनियम नै प्रयोग हुन थालिसकेको छ । आल्मुनियमको खपत जति बढ्दै गएको छ यसको कामगर्ने कामदारको माग पनि उत्तिकै बढिरहेको छ । दुईबर्ष अघिसम्म नेपालमा आल्मुनियमको कामका लागि भारतबाट कामदार मगाउने गरिन्थ्यो । तिनिहरुका हेल्पर र केहि समय उनीहरुसँगै काम गरेर सिकेकाहरुले आल्मुनियमको काम गर्नेगरेको पिस प्राविधिकका शर्मा बताउँछन् । तर अहिले समय फेरिएको छ । अब नेपाली कामदारका पछि फाट्टफुट्ट मात्रै भारतीय कामदार देखिन थालेका छन् । यो सबै परिवर्तन नेपाली युवामा सीप सिक्नुपर्छ भन्ने भावनाको बिकास भएकाले सम्भव भएको हो भन्छन् नेपाल आल्मुनियम व्यवसायी संघका सचिव होमप्रसाद डाँगी । उनका अनुसार अहिले काम निकै बढेको छ भनें फिल्डमा काम गर्ने दक्ष कामदारको अभाव छ । अझै पनि सीप सिकेका धेरै युवाले यहि क्षेत्रमा काम गरेर खाडीमा भन्दा दोब्बर दाम कमाउने अवसर रहेको उनी बताउँछन् । केहि समय यता खुलेका सीप मुलक तालिम केन्द्रले बजारको अध्ययन गरेर तालिम दिन सुरु गरेपछि आल्मुनियमको क्षेत्रमा कामगर्ने दक्ष कामदार राम्रैसँग तयार भइरहेको पिस प्राविधिक तालिम केन्द्रका शर्मा बताउँछन् । ‘जति मान्छेलाई तालिम गराए पनि आल्मुनियम सिकेका मान्छे खाली बस्नुपर्दैन’ शर्मा भन्छन् ‘घर बन्ने क्रम कहिल्यै रोकिदैन र यो व्यवसाय पनि ।’ aluminum-b बजारमा देखिएको रोजगारीको अवशरकै कारण तालिम केन्द्रहरुमा आल्मुलियमको काम सिक्ने युवाको संख्या धेरै देखिन्छ । आल्मुनियम सम्वन्धि कामको तालिम लिइरहेका नवलपरासीका ओमनारायण महतो यसको सम्भावना धेरै देखेर नै तालिममा सहभागि भएको बताउँछन् । अरुको काममा जानुभन्दा तालिम लिएर आफैंले काम गर्दा बढी फाइदा हुने उनी बताउँछन् । सीप सिकेपछि उनी आफैं पसल खोल्ने तयारीमा छन् । aluminum-c उनीसँगै ललितपुरको एक तालिम केन्द्रमा अरु आठ जनाले आल्मुनियम फेब्रिकेसन तालिम लिईरहेका छन् । स्याङ्जा चापाकोटका लक्ष्मण बीसीको पनि सपना ओमनारायणको जस्तै छ । समुहमा मिलेर तीनमहिने तालिम लिईरहेका लक्ष्मण गाउँ फर्किएर आफ्नो सीपमा निखार ल्याउने योजनमा छन् । उनी भन्छन् ‘पहिला मैंले सीप नचिनेर धेरै भौंतारिएछु अब ढुक्क भएको छु खाडीका देशमा गएर कमाउने जति रकम म यहिं कमाउन सक्छु ।’ aluminum-d आल्मुनियम फेब्रिकेशनको तालिम दिने संस्था काठमाडौंसँगै चितवन, बुटवल, ईटहरी, पोखरा लगायतका शहरहरुमा छन् । ति संस्थाबाट तालिम लिएका युवाले सीप परिक्षणपछि सिटिईभिटिबाट पहिलो तहको प्रमाणपत्र पाउँछन् । विनोदकुमार चौलागाई, काठमाडौं 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय