
मलेसिया असोज १२- नेपाली मजदुरका पक्षमा काम गर्दै आएको जिफन्ट सपोर्ट गुप्र मलेसियाले श्रीमुडा क्षेत्रीय कमिटी शनिवार गठन गरेको छ । शनिवार शाहलमको सेक्सन १५ मा भएको जिफन्ट सपोर्ट ग्रुपको भेलाले टंक प्रसाद शिवाकोटीको अध्यक्ष्यतामा सो क्षेत्रीय कमिटी गठन गरेको हो ।
सो भेलाले दिनेश दरै, हेमन्त वस्नेत, विजय सहनी, दिपक आचार्य, भूपेन्द्र तामाङ्गलार्इ क्रमश उपाध्यक्ष, सचिव, सहसचिव र कोषादक्ष्यमा चयन गरेको छ ।
कमिटीका सद्स्यहरुमा प्रनेल वास्तोला, देव बहादुर थापा, मोत्तर महसुर, गणेश खत्री,राजकुमार परियार, नवराज कुँवर, मनोज विश्वकर्मा र मिनबहादुर परियार रहेका छन् ।
जिफन्ट मलेसियाको संगठन विस्तार र संगठन सुदृढिकरण अन्तरगत सो कमिटी गठन गरीएको कार्यक्रमका वक्ताहरुले वताएका थिए । भेलालार्इ सम्वोधन गर्दै जिफन्ट मलेसिया संयोजक वेद कुमार खतिवडाले मजदुरका पक्षमा सदैव जिफन्ट उभिने वताउनु भयो । जिफन्ट मलेसिया र मलेसियाको सवै भन्दा ठूलो मजदुर संगठन मलेसिया ट्रेड युनियन कग्रेश विच समझदारी भएकाले मलेसियामा कार्यरत मजदुरका समस्यालार्इ अव दुइ देशका मजदुर संगठन मिलेर हल गर्न वाटो खुलेको उहाँले वताउनु भयो । उहाँले मलेसियामा कार्यरत नेपाली मजदुरका समस्यामा अझ सशक्त भएर जिफन्ट उभिने वताउनु भयो ।
सोहि भेलामा जिफन्ट मलेसियाका सचिव प्रविण वुडाथोकी लगायतले मजदुर समस्या र जिफन्ट मलेसियाले खेल्नु पर्ने भूमिकाका बारेमा प्रकाश पार्नुभएको थियो ।