काठमाडौं, ११ असोज– रोजगार अनुमती प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरीया जान आवेदन दिएकाहरुको भाषा परिक्षा आज सकिएको छ । हिंजो शुक्रबार र आज दुई दिन दुई–दुई सिफ्टमा परिक्षा सञ्चालन भएको थियो । भाषा परिक्षाका लागि काठमाण्डौंमा २२ वटा केन्द्र तोकिएका थिए । भाषा परिक्षाको लागि गएको साउनमा ६२ हजार युवाले आवेदन दिएका थिए । कोरीयाले यसपटक आफूले लैजाने कामदारको संख्या तोकेको छैन । यहि महिनाको अन्तिम साता नतिजा प्रकाशनका समयमा त्यहाँको आबश्यकता हेरेर नेपाली कामदारको संख्या तोक्ने तयारी कोरिया सरकारले गरेको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1