राष्ट्रिय यातायात सम्मेलन हुने

काठमाडौं, असोज ११– भौतिक पुर्वाधार तथा यातायातमंत्री विमलेन्द्र निधीले छिट्टै राष्ट्रिय यातायात सम्मेलन गराउने घोषणा गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नवनिर्वाचित कार्यसमितीको पदस्थापन कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले यातायात क्षेत्रका समस्यालाई यातायात व्यवसायीहरु संगको छलफल बाट निरुपण गरिने, विद्दमान रुट परमिट र सवारी नवीकरण व्यवस्थालाई सरलीकृत गर्न आफु तयार रहेको बताए । गएको भदौ १७ गतेदेखी १९ गतेसम्म चितवनमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशन बाट दिनेश भण्डारी को नेतृत्वमा नया कार्यसमिती निर्वाचित भएको थियो । प्रमुख निर्वाचन आयुत्त चुडामणी सापकोटाले सबै नवनिर्वाचित कार्य समितीलाई शपथ खुवाउदै पदस्थापन गराएका थिए । कार्यक्रममा नेपाली कागे्रसका केन्द्रिय सदस्य तथा यातायात विभाग प्रमुख अजय चौरसीयाले यातायात व्यवसायीहरुलाई सदैव आफु बाट सहयोग रहने बताए । एमाले नेता मुकुन्द न्यौपानेले हवाई र सडक यातायातलाई विभेदपुर्ण तरिकाले सरकारले हेर्न नहुने बताए । एमाओवादी नेता लेखराज भट्टले आफुले मंत्रालयको जिम्मेवारी लिदा यस क्षेत्रमा धेरै नै सुधारका कार्यक्रम गरेको र आउँदो दिनमा पनि यातायात व्यवसायीको साथ रहने प्रतिबद्धता व्यक्त गरेका थिए । ट्रेड युनियन काँगे्रसका नेता तथा सभासद पुष्कर आचार्यले यातायात क्षेत्र सेवामुखी पनि भएकाले यस क्षेत्रमा कार्यरत श्रमजीवीहरुको आर्थिक उन्नतीका बिषयमा ध्यानदिनुपर्ने बताए । नेपाल यातायात मजदुर संघका अध्यक्ष अजयकुमार राईले नेपालको वर्तमान यातायात क्षेत्र लाई पारम्परीक ढंग बाट संचालन गर्ने कि आधुनिकीकरण गर्ने भन्ने सोच्ने बेला आएको बताए । व्यवसायी , मजदुर र सरकार मिलेर गयौ भने नेपालको सडक यातायात व्यवस्थीत तथा सुन्दर हुने बताए । समारोहमा निवर्तमान अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, महासंघ वरिष्ठ उपाध्यक्ष विजय स्वार, यातायात विभाग महानिर्देशक काशीराम दाहाल , सभासद लिलाश्रेष्ठ , मजदुर नेता जगत सिम्खडा लगायतले यातायात क्षेत्र सुधारको सुझाव राखेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय