यूएईमा जिफण्ट सपोर्ट ग्रुप गठन

यूएई । यूनाइटेड अरव इमिरेट्स (यूएर्इ) मा प्रवासी नेपाली श्रमिक संघ (जिफन्ट सर्पोट ग्रुप) गठन भएको छ । यूएईमा कार्यरत प्रवासी नेपालीको भेलाले नवराज बस्नेतको संयोजकत्वमा १६ जना सदस्य रहेको सपोर्ट ग्रुप गठन गरेको हो । सो ग्रुपको सह संयोजक किशोर केसी तथा सचिव कल्पना राई रहनुभएको छ । नेपाली प्रवासी मञ्च (ओएनएफ) यूएर्इको समन्वयमा आयोजित उक्त भेलामा जिफन्टको गर्भनिङ्ग काउन्सिल सदस्य तथा आइएलओ गर्भनिङ्ग बडीका सदस्य बिन्दा पाण्डे उपस्थित हुनुहुन्थ्यो । सो अवशरमा संगठनको आवश्यकता, ट्रेड युनियन र यसको गठन प्रक्रिया, उद्देश्य साथै अन्तराष्ट्रिय रुपमा यसको सम्बन्ध, सम्पर्क र कामको समन्वयका वारेमा पाण्डेले जानकारी गराउनु भएकोे थियो । कार्यक्रमका सहभागिहरुवाट श्रमिकहरुले भोग्दै आएका समस्या समाधानमा जिफन्ट र जिफन्ट सर्पोट ग्रुप विच हुन सक्ने कामको समन्वय र समस्यामा परेका श्रमिकलाई दिन सकिने सहयोगको वारेमा उठाइएका विषयहरुमा अन्तरक्रिया समेत भएको थियो । छलफलमा उठेका प्रश्न तथा जिज्ञासाहरुको वारेमा थप स्पष्ट पार्दै पाण्डेले समस्याको रुप तथा प्रकृति अनुसार यहाँ स्थित कानुनविद, मानवअधिकारवादी संघ संस्था लगायत नेपाली दुतावाससंग समन्वय गरी समस्या समाधान गर्न सहयोग गर्नुका साथै नेपाल फर्किएका पिडितहरुलाई आवश्यक कानुनी तथा अन्य सहयोग जिफन्ट प्रवाशी डेस्कको तर्फवाट प्रदान गरीरहेको बताउनुभयो । नव गठित कमिटीका सदस्यहरुमा शेषराज तिमिल्सना, ज्ञानेन्द्र कार्की, कुमारी सुवेदी, अर्जुन प्रसाद ढुंगाना, सुनिल कुमार श्रेष्ठ, सरोज वस्नेत, दिपक रावत, अनिता खड्का, रामेश्वर भेटुवाल, कमल पाठक, यादव अर्याल, भक्त तामांग र शालिकराम ढुंगाना रहेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय