खाडीका गैर आवासीय नेपालीः भोट मात्रै हाल्ने कि नेता पनि बनाउने ?

सुनिल न्यौपाने, काठमाडौं, असोज २८-

आजदेखि गैर आवासीय नेपाली संघ(एनआरएनए) को नवौं विश्व सम्मेलन सुरु हुँदैछ नयाँ  नेतृत्व चयन गर्ने भएका कारण यसपटकको सम्मेलनको महत्व विशेष विश्वभरी छरिएर रहेका नेपालीहरुको छाता संगठन एनआरएनएलाई दुई बर्षका लागि कुन गति दिने भन्ने कुरा पनि एक हदसम्म यो सम्मेलनले निर्धारण गर्नेछ  

सम्मेलन सुरु हुँदै गर्दा स्पष्ट रुपमा दुई प्यानल चुनावी मैदानमा देखिएका छन् पूर्व अध्यक्षहरुको चेतावनीका वावजूद कुमार पन्त कुल आचार्य राजनीतिक रंग सहित चुनावी मैदानमा होमिइसकेका छन् पन्त नेकपा निकटका हुन् भनें आचार्य नेपाली काँग्रेस निकट त्यसैले यो चुनावमा पनि एक हदसम्म नेकपा नेपाली काँग्रेसको प्रतिष्ठाको रुपमा अगाडी बढेको जुन स्वयं एनआरएनएको भविष्यका लागि चाहिं सुखद संकेत होइन

चुनावी सम्मेलन सवैका लागि आआफ्नै ढंगबाट महत्वको कसैका लागि यो दुई वर्षका लागि पद प्राप्त गर्ने अवसर हो कसैका लागि नेता निकट हुने अवसर कतिपयका लागि कमाउ समय पनि तर योसँगै यसपटक एनआरएनएको नवौं विश्व सम्मेलन खाडी, मध्यपूर्व, मलेसियाका गैर आवासीय नेपालीका लागि अझ विशेष

हुन सिमित अवधिका लागि रोजगारी गर्न खाडीका मुलुकहरु मलेसिया गएका नेपालीलाई गैर आवासिय नेपाली मान्ने कि नमान्ने भन्ने बहस सुरु देखि नै हुँदै आएको हो ति नेपाली आफ्नो मुलुकको नागरिकता त्यागेका व्यक्ति हुन् उनीहरु सदैव मुलुक बाहिर रहन्छन् यति हुँदा हुँदै पनि सम्भवतः सदस्य संख्या वृद्धिका लागि एनआरएनए नेतृत्वले खाडी मलेसियामा कार्यरत नेपालीका लागि पनि आफ्नो संस्थाको सदस्यता दियो उनीहरु पनि गैर आवासीय नेपाली भए तर दुःखका साथ भन्नु पर्दछ खाडी मलेसियामा कार्यरत ति नेपाली एनआरएनए भित्र दोश्रो दर्जा तिरका सदस्यका रुपमा देखा परे उनीहरुले उत्तिकैै फूर्तिका साथ एनआरएनएको झण्डा बोकेको वा बोक्न पाएको अनुभव गर्न पाइएन यो कुरा यस पटकको  विश्व सम्मेलनमा पनि देखिने छाँट

डीवि क्षेत्री खाडी मुलुकमा मात्र होइन स्वयं एनआरएनए भित्र एउटा दृष्टिकोण सहितको नाम हो उनले नै अगाडी बढाएको हजारे अभियान स्वयंमा परदेशमा काम गर्ने एउटा नेपाली स्वयं नेपालका लागि गतिलो दृष्टिकोण हो यसैगरी खाडी मुुलुकमा एनआरएनएको छविलाई उच्च बनाउन उनको भूमिकालाई कम भन्न मिल्दैन श्रम गर्न गएको एउटा नेपालीले एउटा विश्वव्यापी संस्थालाई सकृय बनाउन उनले खेलेको भूमिकालाई सम्भवतः हालको एनआरएनए नेतृत्वले मूल्याङ्कन  गर्छ नै होला क्षेत्री संस्थाको महासचिवको आकाँक्षी हुन्

खाडीका मुलुकमा रोजगारी दिने हैसियत बनाएको नेपाली भन्ने वित्तिकै सुरुमै एउटा आशंका जन्मिन्छ कतै श्रमिकमारा रोजगारदाता होइन ? कतिपयले नेपालबाट श्रमिक लगेर अन्य कम्पनीलाई भाडामा ति श्रमिक उपलव्ध गराउँदै कमिसन खाने खेलो पनि चलाउँछन् आफूलाई व्यवसायीका रुपमा चित्रित गर्दछन् यसपटक कतारबाट आरके शर्मा सचिवका आकाँक्षी देखिएका छन् जसको काममा पनि हालसम्म खोट नदेखिएको स्वयं कतारमै कार्यरत अन्य नेपाल बताउँछन् परेको बेलामा सरसहयोग गर्ने शर्मा एनआरएनएको कार्यसमितिमा महत्वपूर्ण पदमा पुग्ने बाटो स्वयं खाडीका मुलुकहरुमा कार्यरत अन्य प्रतिनिधि गैर आवासीय नेपालीको भूमिकाले नै तय गर्नेछ यदि खाडीका गैर आवासीय नेपाली मात्र एक ठाउँमा उभिए भनें खाडी क्षेत्रले यो अवसर प्राप्त गर्न सक्दछ

कुल आचार्यको प्यानलबाट कतारमा कार्यरत नरेन्द्र भाट भनें उपाध्यक्षमा उम्मेदवारी तय भइसकेका व्यक्ति हुन् उनी पनि कतारमा विवादमा नपरेका व्यक्ति हुन्

निश्कर्षमा खाडी तथा मलेसियामा कार्यरत गैर आवासीय नेपालीले अव हामी पनि युरोप, अमेरिकी क्षेत्रका गैर आवासीय नेपाली सरह हैसियत राख्ने हौं भन्ने ठान्छन् भनें आफ्नो हिस्सेदारी खोज्ने बेला भएको उनीहरु एकतावद्ध भएनन् भनें मध्यपूर्व संयोजक, सहसंयोजक जस्ता छुट्याइएका पदमै चित्त बुझाउनु पर्नेछ

यसअघिका चुनावमा काठमाडौं बसाईका केहि दिन होटलमा भोज चलाउने केहि पैसावाल गैर आवासीय नेपाली उम्मेदवारको रईस पाहुन बन्ने कर्मभूमि फर्केपछि हामी हेपियौं भनेर गुनासो गर्ने गरिएको देखिएको कमसे कम यसपटक त्यसो नहोस्  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय