मलेशियाको नेपाली कार्यरत कम्पनीको उत्पादनलाई बन्देज

 

क्वालालम्पुर, असोज १६-

विदेशी श्रमिकलाई बाध्यकारी श्रममा संलग्न गराएको अभियोग लगाउँदै अमेरिकाले मलेशियाको डव्लुआरपी कम्पनीको ग्लोव आयातमा बन्देज लगाएको सो कम्पनी विश्वकै ठूलो  ग्लोव उत्पादक कम्पनी मध्ये एक हो

मलेशियाली सञ्चार माध्यमहरुका अनुसार अमेरिकी भन्सार तथा सीमा सुरक्षा(सीबीपी) ले डव्लुआरपीद्धारा उत्पादित ग्लोवमा बन्देज लगाएको हो सो कम्पनीमा कार्यरत कामदारहरु तीन महिना अगाडी तलव नपाएको भन्दै आन्दोलनमा उत्रिएका थिए त्यसरी आन्दोलनमा उत्रिनेहरुमा नेपालीको समेत ठूलो संख्या थियो सो कम्पनीमा तीनदिनसम्म हड्ताल भएपछि किस्तावन्दीमा तलव दिने शर्तमा कम्पनीको काम सुचारु भएको थियो

सो प्रकरणको अनुसन्धान गर्न मलेशियाको मानव संशाधन मन्त्रालय अन्तर्गतको श्रम विभागले एक कमिटी नै बनाएको थियो तर मानव संशाधन मन्त्री एम कुलासेगरनले मलेशियाको उद्योगलाई तहसनहस बनाउन काल्पनीक रुपमा घटनालाई प्रचारवाजी गरिएको भन्दै उद्योगको बचाउ गरेका थिए   

यो पनि पढ्नुहोस् मलेशियाबाट फर्किंदै नेपाली 

सीबीपीले सो कम्पनीमा श्रमिकलाई बाध्यकारी श्रममा लगाएको आरोप लगाएको अमेरिकी कानून अनुसार कुनै पनि कामदारलाई शोषण गरी उत्पादित सामान आयात गर्न बन्देज सोही कानून बमोजिम अमेरिकाले सो बन्देज लगाएको हो

बेलायती सञ्चार माध्यम गार्जियनले झण्डै चार महिना अगाडी सो कम्पनीले कामदारको श्रम शोषण गरेको उनीहरुलाई बाध्यकारी श्रममा लगाएको भन्दै लगातार समाचार प्रकाशन प्रशारण गरेको थियो

यस बारेमा डव्लुआरपी कम्पनीले भनें कुनै प्रतिकृया जनाउन नचाहेको मलेशियाली सञ्चार माध्यमहरुले जनाएका छन् सो कम्पनीमा हजार विदेशी कामदार काम गर्छन् । यो पनि पढ्नुहोस् कतारका नयाँ राजदूतलाई अवसरः कस्तो बन्ने, कसको बन्ने ? 

(तस्वीरः तीन महिना अगाडी डव्लुआरपी कम्पनीमा भएको श्रमिकको हड्ताल)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय