मलेसिया, साउदी, कतार र युएका ६४ वटा कम्पनी कालो सूचीमा, १ सय ९७ मेनपावर कम्पनीको लाइसेन्स खारेज

काठमाडौं, असार ७-

सरकारले सय ९७ वटा वैदेशिक रोजगार व्यवसायी कम्पनीको इजाजतपत्र खारेज गरेको वैदेशिक रोजगार विभागले नियमित नभएका, ठगी गरेका, कानुनको उल्लङ्घन गर्ने त्यो सङ्ख्याका कम्पनीको इजाजतपत्र खारेजी गरेको हो  वैदेशिक रोजगारका क्रममा समस्यामा परेका पीडित श्रमिकको उजुरीका आधारमा कतिपय नियमित नभएका कारण इजाजत रद्द गरिएको विभागले जनाएको विभागका प्रवक्ता उद्धवराज रिजालका अनुसार उजुरी नपर्ने यस्ता वैदेशिक रोजगार कम्पनी एकदमै कम छन्  

गम्भीर खालको अपराध गरेका कम्पनीको इजाजत खारेजी गरेको भन्दै उनले खारेजीमा पर्ने अधिकांश कम्पनी गम्भीर अपराध गर्ने नै भएको बताए केही कम्पनीको भने ऐन नियमावली अनुसार नियमित नभएका वा नवीकरण नभएका कारण पनि इजाजत खारेजी गरिएको उनले बताए

यस्तै, वैदेशिक रोजगार विभागले नेपालबाट श्रमिक आपूर्ति गर्दैै आएका ६४ रोजगारदाता कम्पनीलाई कालो सूचीमा राखेको मलेसिया, साउदी अरब, कतार संयुक्त अरब इमिरेट्स (युएई) का ६४ कम्पनीलाई कालो सूचीमा राखिएको हो

विभागका निर्देशक एवं प्रवक्ता रिजालले नेपालबाट रोजगारीका लागि ती देश पुगेका नेपाली युवालाई दुःख दिने, समस्यामा पार्ने, अलपत्र बनाउने सम्झौता अनुसारको तलबसुविधा नदिने रोजगारदाता कम्पनीलाई कालो सूचीमा राखिएका जानकारी दिए उनका अनुसार रोजगारीका क्रममा समस्यामा परेका पीडित श्रमिकले विभागमा गरेको उजुरीका आधारमा रोजगार गन्तव्य देशका ६४ वटा रोजगारदाता कम्पनीलाई कालो सूचीमा राखिएको

कालो सूचीमा राखिएका रोजगारदाता कम्पनीमा नेपाली श्रमिक पठाउन बन्द गरिएको निर्देशक रिजालले भने कालो सूचीमा परेका रोजगारदाता कम्पनीमा स्वचालित श्रम स्वीकृति जारी नहुने प्रक्रिया तय गरिएको , कालो सूचीमा परेका कम्पनीबाट रोजगार व्यवसायीले श्रमिकको माग ल्याए पनि श्रम स्वीकृतिमा प्रतिबन्ध लगाएका छौँ

अनलाइन प्रणाली लागू नहुँदासम्म केही रोजगार व्यवसायी कम्पनीले झुक्काएर कालो सूचीमा परेका रोजगारदाता कम्पनीमा श्रमिक पठाउने गरेको भए पनि अहिले अनलाइन प्रणाली लागू भएपछि त्यो सम्भावना नभएको उनले बताए उनले अनलाइन प्रणाली लागू भएपछि कालो सूचीमा राखिएका कम्पनीलाई सफ्टवेयरले सपोट नगर्ने भएकाले अब व्यवसायीले छलछाम गरेर ती कम्पनीमा श्रमिक पठाउन सक्दैनन् भने  

विभागका अनुसार कालो सूचीमा पर्नेमध्ये मलेसियाका मलेसियाका ५२ वटा कम्पनी रहेका छन् यस्तै साउदी अरब पाँचवटा, युएईका चारवटा कतारका तीन गरी ६४ वटा विदेशी रोजगारदाता कम्पनीलाई कालो सूचीमा राखिएको कालो सूचीमा पर्नेमा फर्निचर कम्पनी, निर्माण कम्पनी, सप्लाई कम्पनी मझौला कम्पनी रहेका छन् गोरखापत्रबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय