काठमाडौं, बैशाख ३१-
सरकारले नयाँ निर्देशिका मार्फत नेपाली कामदारको मागपत्र अनिवार्य रुपमा विदेशस्थीत नेपाली कुटनीतिक नियोग मार्फत आउनु पर्ने व्यवस्था कडाईका साथ लागु गरेपछि व्यवसायीहरु त्यसले अप्ठ्यारो परेको भन्दै तत्कालिन रुपमा समस्या समाधान गर्न माग गर्दै बैदेशिक रोजगार विभाग, ताहचल कार्यालय पुगेका छन् ।
नेपाल बैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा गएका व्यवसायीहरुले एक हप्ता देखि अकस्मात पूर्व स्वीकृति नै रोकिएको भन्दै त्यसको तत्कालिन व्यवस्थापनको माग गरे । हामीले ताहचल कार्यालयका प्रमुख भविश्वर पाण्डेसँग कि त १० दिन भित्र मागपत्र कुटनीतिक नियोगबाट प्रमाणिकरण भएर आउने वा तत्काल समस्या समाधान गर्ने कुनै उपाय निकाल्न आग्रह गरेका छौं भेटमा सहभागि संघका अध्यक्ष रोहन गुरुङले भने भोली(मंगलवार) १ बजेसम्ममा कुनै निकास निकाल्न उहाँलाई हामीले आग्रह गरेका छौं ।
यसैबीच मागपत्र कुटनीतिक नियोगबाट मात्र प्रमाणिकरण गर्ने विषय पश्चातको अवस्थाका बारेमा छलफल गर्न भन्दै नेपाली काँग्रेस निकटको नेपाल बैदेशिक रोजगार व्यवसायी लोकतान्त्रीक फोरमले सोमवार नै भेला बोलाएको छ ।
यो पनि पढ्नुहोस् अन्ततः प्राइम लाईफ ईन्स्योरेन्स झण्डै ५ लाख क्षतिपूर्ति तिर्न बाध्य
