काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) का लागि नेपाली श्रम काउन्सेलर द्रीपेन्द्र पौडेललाई सरकारले फिर्ता बोलाएको छ । उनीविरुद्ध परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि सरकारले फिर्ता बोलाएको हो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादर पौडेल क्षेत्रीले सरुवा सम्बन्धी निर्देशिका अनुसार उनको सरुवा गरिएको बताए । निर्देशिकामा सरुवा गर्नुका कारण उल्लेख गरिएकाले सोही अनुसार उनको सरुवा गरिएको हो ।
कामै नगरी काम गरेको भन्दै उजुरी आएपछि उनलाई कारबाही स्वरूप शनिबार नै सरुवा गरेर श्रम मन्त्रालय नै फिर्ता बोलाइएको हो । उनको एक वर्ष नपुग्दै सरुवा गरेर नेपाल फिर्ता बोलाइएको हो ।
