काठमाडौं । कतारले विभिन्न जेलमा रहेका १३ जना नेपालीलाई आममाफी दिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार कतारको राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा ति नेपालीले आममाफी पाएकाm हुन् । तर आममाफी पाएकाहरु को हुन् भन्ने खुलाइएको छैन ।

मन्त्रालयले जारी गरेको विज्ञप्तीमा सो कामका लागि नेपाल सरकारले कतारप्रति आभार प्रकट गरेको जनाइएको छ। विज्ञप्तिमा भनिएको छ, ‘कतारको राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा १३ जना नेपाली कैदीलाई आममाफी प्रदान गरेकामा कतार सरकारप्रति नेपाल सरकार हार्दिक आभार व्यक्त गर्दछ। मानवीय आधारमा दिइएको माफीलाई मन्त्रालय उच्च महत्त्व दिन्छ। यो नेपाल र कतारबीच रहेको गहिरो मित्रता र स्नेहको प्रमाण हो।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय