काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले वैदेशिक रोजगार, राहदानी लगायतका काम गर्ने सरकारी निकायहरुको सेवा प्रवाह अपेक्षाअनुसार प्रभावकारी नभएको बताएका छन् । उनले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप सुधारका उपाय अवलम्वन गर्न आवश्यक रहेको बताए ।

आयोगको ३४ औं स्थापना दिवसको अवसरमा सोमवार आयोजित कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले नेपाल सरकारले सूचना प्रविधिको उपयोगको विस्तार गरी सार्वजनिक सेवा प्रवाहलाई सरल, सुलभ र व्यवस्थित बनाउन प्रयास गरेको भएपनि राहदानी, वैदेशिक रोजगार, राहदानी, अध्यागमन लगायतका संघीय कार्यालयहरूको सेवा प्रवाह अपेक्षाअनुरुप प्रभावकारी नभएको बताएका हुन् । उनले प्रदेश सरकार र स्थानीय सरकारबाट प्रदान गर्ने सेवा झन् जटिल र खर्चिलो हुन भएर जनताले सहज र सरल सेवा प्राप्त गर्न नसकिरहेको अवस्था रहेको पनि उल्लेख गरे।

आयोगमा परेका उजुरीहरूको विश्लेषण गर्दा सार्वजनिक खरिद तथा निर्माणको सन्दर्भमा आवश्यकता र औचित्यको पहिचान नगरी बजेट विनियोजन गर्ने, खरिद योजनाबिना नै ठेक्का लगाउने, मिलेमतोमा आयोजना छनोट गर्ने, कार्यक्रम नै सम्पन्न नगरी भुक्तानी दिने, अनुदानको दुरुपयोग गर्ने, नागरिक बडापत्रको पालना नगर्ने, सेवा प्रवाहमा बिचौलियाको प्रवेश हुने, सेवा प्रवाहलाई अवरुद्ध गराएर मिलेमतोमा अनियमितता गर्नेजस्ता प्रवृत्ति देखिएको जानकारी पनि उनले दिए।

उनले भने, ‘सूचना प्रविधिको उपयोगको विस्तार गरी सार्वजनिक सेवा प्रवाहलाई अनुमानयोग्य, सरल, सुलभ र व्यवस्थित बनाउने नेपाल सरकारको प्रयास भए पनि यातायात, मालपोत, नापी, राहदानी, वैदेशिक रोजगार, अध्यागमन लगायतका संघीय कार्यालयहरूको सेवा प्रवाह अपेक्षाअनुरुप प्रभावकारी हुन सकेको छैन। साथै, प्रदेश सरकार र स्थानीय सरकारबाट प्रदान गर्ने सेवा झन जटिल र खर्चिलो हुन गई जनताले सहज र सरल सेवा प्राप्त गर्न नसकिरहेको अवस्था छ। अतः नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप सुधारका उपायहरू अवलम्वन गर्न आवश्यक देखिएको छ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय