काठमाडौं, चालु आर्थिक बर्षको पहिलो दुई महिना अर्थात साउन र भाद्र महिनामा विदेशबाट पठाइने रकम (रेमिट्यान्स) आप्रवाह १५ दशमलव २ प्रतिशतले बढेको छ । सो अवधिमा नेपालमा २ खर्व ६३ अर्व १४ करोड पुगेको हो ।

नेपाल राष्ट बैंकका अनुसार सो बृद्धि गत बर्षको भन्दा कम हो । गत बर्ष पहिलो दुई महिनामा १८ दशमलव ७ प्रतिशतले रेमिट्यान्स वृद्धि भएको थियो । गत दुई महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १ अर्ब ७३ करोड रहेको थियो ।

बैंकले सार्वजनिक गरेको दुई महिनाको आर्थिक तथा वित्तिय स्थिति अनुसार वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या गत बर्ष भन्दा थोरै बढेको छ । पछिल्लो दुई महिनामा ७६ हजार ४ सय ८५ व्यक्तिले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका थिए । यसैगरी पुनः श्रम स्वीकृति लिनेको संख्या ४० हजार ५ सय ८३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७४ हजार ४ सय ५५ र ३२ हजार ४ रहेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय