श्रममन्त्री यादवसँग वैदेशिक रोजगार व्यवसायीको गुनासोः गोकर्णले भेट्नै दिएनन्

काठमाडौं, मंसिर ८-

श्रम मन्त्री रामेश्वर राय यादवसँग वैदेशिक रोजगार व्यवसायीहरुले निवर्तमान श्रम मन्त्री गोकर्ण विष्टले आफूहरुलाई भेट्न समेत नदिएको भन्दै नयाँ मन्त्रीसँग सहकार्यको अपेक्षा गरेका छन् उनीहरुले आफूहरु सहकार्यको बाटोबाट लक्ष्यमा पुग्न सकिनेमा विश्वस्त रहेको भन्दै वैदेशिक रोजगार व्यवसायी संघ हातेमालो गर्न सदैव तयार रहेको बताए

नवनियुक्त श्रम मन्त्री यादवलाई शुभकामना दिन नेपाल वैदेशिक रोजगार  व्यवसायी संघको नेतृत्वमा व्यवसायीहरुको एक टोली मन्त्रालय गएको थियो सो अवसरमा संघका वरिष्ठ उपाध्यक्ष कमल तामाङले संघको नयाँ कार्यसमिति चयन भइसकेपछि भेटका लागि समय माग्दा समेत तत्कालिन श्रम मन्त्री गोकर्ण विष्टले समय नदिएको गुनासो गरे उनले विष्टबाट कुनै सहयोेग नपाएको, वैदेशिक रोजगार क्षेत्रलाई भताभुङ्ग पारेको भन्दै मन्त्री रायलाई थप मुलुकहरुसँग श्रम सम्झौता गर्दै मुलुकमा धेरै भन्दा धेरै रेमिट्यान्स भित्रियाएर मुलुकको आर्थिक  अवस्था बलियो बनाउन सुझाव दिए

शुभकामना दिन आएका व्यवसायीसँग मन्त्री यादवले भनें सकभर स्वदेशमा नै रोजगारी सिर्जना गर्ने सरकारको नीति रहेको आफूले पनि सोही अनुरुप कार्य गर्ने बताए विगत विर्सेर नयाँ उत्साहका साथ काम गर्न आग्रह गर्दै आफूले पीडितका समस्या पनि बुझेको बताए उनले अदक्ष व्यक्तिलाई वैदेशिक रोजगारमा पठाउनु मुलुकका लागि फाइदाजनक नभएको भन्दै दक्ष व्यक्तिलाई मात्र वैदेशिक रोजगारमा पठाउनु उचित हुने धारणा राखे उनले मुलुकको आर्थिक अवस्था उकास्न रेमिट्यान्सको महत्वपूर्ण मद्धत रहेको भन्दै आफूले व्यवसायीको योगदानलाई पनि बुझेको बताए

संघका अध्यक्ष विष्णु  प्रसाद गैरेले आफूहरु सरकारसँग सहकार्य गर्न ईच्छुक रहेको भन्दै कामदार तथा व्यवसायीको हित हुनेगरी कार्य गर्न आग्रह गरे उनले नेपाली कामदार जुन मुलुकमा रोजगारीका लागि गएपनि उनीहरुको हित हुनुपर्ने धारणा राखे

उनले निवर्तमान श्रम मन्त्री विष्टले विभिन्न मुलुकहरुसँग गरेको श्रम समझदारीको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने भन्दै यसका लागि मन्त्रालय, दूतावासहरुका साथै मन्त्रालय मातहतका निकायहरुले तदारुकताका साथ काम गर्नुपर्ने बताए

नननियुक्त श्रममन्त्री यादव आइतवार दिनभर शुभकामना दिन आउनेहरुको भिडले घेरिएका थिए

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: