
काठमाडौं, कात्तिक २५-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार सोमवार कतारी रियालको खरिद दर ३१ रुपैंयाँ २५ पैसा र विक्रि दर ३१ रुपैंयाँ ४१ पैसा छ । साउदी रियालको खरिद दर ३० रुपैंया ३४ पैसा छ भनें विक्रि दर ३० रुपैंयाँ ५० पैसा छ । यसैगरी युएई दिरामको खरिद दर ३० रुपैंया ९७ पैसा तथा विक्रि दर ३१ रुपैंया १४ पैसा छ ।
मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ ५२ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ६७ पैसा छ । यसैगरी कुवेती दिनारको खरिद दर ३७४ रुपैंया ४३ पैसा छ भनें विक्रि दर ३७६ रुपैंयाँ ४१ पैसा छ । बहराइन दिनारको खरिद दर ३०१ रुपैंयाँ ७४ पैसा छ भनें विक्रि दर ३०३ रुपैंयाँ ३३ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।