९० हजार तलवको रोजगारीमा पठाइदिने भन्दै ठगि गरेको अभियोगमा पक्राउ

 

काठमाडौं,कात्तिक २२-

दोलखाका एक व्यक्तिलाई क्लीनरको काममा जर्जिया पठाइदिने भन्दै ७ लाख ५० हजार ठगि गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्रेको छ । दोलखा घर भई हाल कोटेश्वर बस्ने कामे शेर्पालाई ठगि गरेको अभियोगमा मोरङका रामकृष्ण राई पक्राउ परेका हुन् ।

जर्जियामा मासिक ९० हजार तलव तथा खाने बस्ने सुविधा सहित क्लीनरको काममा पठाइदिने भन्दै राईले ठगि गरेको उजुरी प्रहरीमा परेको थियो । सोही आधारमा प्रहरीले राईलाई मोरङको उर्लावारीबाट पक्राउ गरेको जनाएको छ ।

प्रारम्भीक अनुसन्धानमा राईले राजन राईबाट घ लाख ५० हजार, ईन्द्र लिम्वूबाट ५ लाख ठगेको समेत देखिएको प्रहरीले जनाएको छ । अन्य व्यक्तिलाई समेत यसरी नै ठगि गरिएको हुनसक्ने तर्फ प्रहरीले सचेत गराएको छ ।

यो पनि पढ्नुहोस् गैर आवासिय नेपालीको सम्मेलन, अव यसो नहोस्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: