कथित ‘आजाद भिसा’, ठग्ने मुख्य व्यापार

 

करिम बक्स मियाँ, दोहा, कात्तिक २१-

आजादभिसा भनिने भिसामा कतार आएका एक नेपाली कतारको विमानस्थलमा अलपत्र परेका छन्। नेपालबाट ब्लुमून ओभरसिज मार्फत गत अक्टुबर २२ तारीक कतार आएका प्रितम तामाङ कतारस्थित एजेन्ट सम्पर्कमा नआएपछि काम कम्पनीको टुंगो नलागेपछि घर फर्किन नपाएर अलपत्र परेका हुन्।

कञ्चनपुर, पूनर्बास नगरपालिका का तामाङ आफ्नै गाउँले मामा पर्ने बुद्धिमान तामाङ मार्फत एचएमटी ओभरसिज पुगेका थिए। एचएमटी ओभरसिजले ब्लुमून ओभरसिज मार्फत तामाङलाई कतार पठाएको हो।

एचएमटीका प्रवन्ध निर्देशक लक्ष्मी प्रसाद गिरीले कतारको विमानस्थलमा आफ्नो मान्छे महेन्द्र भण्डारी लिन आउने उनैले करार बमोजिमको कामको बन्दोबस्त गरिदिने भनी पठाए पनि शुरुदेखी नै भण्डारी सम्पर्कमा नआएको कतारमा लिमोजिन ट्याक्सी चलाउने एकजना व्यक्ति मार्फत एउटा रेस्टुरेन्टमा लगेर बुझाएको तामाङ्ले बताए।

भिसा करारपत्रमा केआरके कन्ट्र्याक्टिङ सर्भिसेज हस्पिटालिटी क्लिनिङ कम्पनी उल्लेख भएको मेनपावरले क्लिनिंगको काम तलव ९०० तथा खाना खर्च वापत थप ३०० भनेर पठाएको भए पनि उनलाई अर्कै कम्पनी मातहत रहेको रेस्टुरेन्टमा लगेको उनले बताए।

शुरुको केहिदिन रनभुल्लमा परेका तामाङले जब आफुले काम गरेको रेस्टुरेन्ट भिसा करार पत्रमा उल्लेखित कम्पनी फरक रहेको, आफुसित नो अब्जेक्सन लेटर पनि नभएको यसरी काम गर्नु अवैधानिक भन्ने चाल पाए, तव उनले महेन्द्र भण्डारीलाई पटक पटक नेपालबाट दिईएको मोबाइल नम्बरमा भण्डारीलाई सम्पर्क प्रयास गरे तर भण्डारीले फोन उठाएनन्। उनले लिमोजिन चालकलाई सम्पर्क गरे। चालकबाट ‘मलाई जे अह्राइयो मैले त्यही गरें, अरु केही थाहा छैन’ भन्ने जवाफ पाए। उनले लिमोजिन चालकलाई आफू नेपाल फर्किन चाहेको कम्पनी वा एजेण्टसँग सम्पर्क गराई दिन अनुरोध गरे त्योपनि सफल हुन सकेन।

कसैले सुनाई दियो कतारको नयाँ कानुन अनुसार आफ्नो देश फर्किन एक्जिट पर्मिट आवश्यक पर्दैन टिकट काटेर जान सकिन्छ। उनले कतारमा काम गर्ने आफन्तसित ऋण लिए नेपाल एयरलाईन्सको हवाई टिकट किने एयरपोर्ट पुगे तर अध्यागमनले एक्जिट पर्मिट नभएको भनी उनलाई फर्काई दियो। कतारको कानुन अनुसार श्रमिक भिसामा आएर आईडी नलागेका व्यक्तिले अध्यागमन पार गर्न एक्जिट पर्मिट देखाउनु पर्ने हुन्छ।

उनी झनै अन्यौलमा परे। विमानस्थलमा झोक्राएर बसेका तामाङ कता जाने के गर्ने अन्यौलमा थिए। एजेण्टलाई फेरि फोन गरे उठेन अर्को पटक प्रयास गरे मोबाईल स्वीच अफ भयो, लिमोजिन चालकपनि तर्किए।

विमानस्थलमा काम गर्ने नेपालीको सहयोगमा उनी झिटीगुन्टा बोकेर दुतावास पुगे, आफ्नो पीडा सुनाए। महेन्द्र भण्डारी एजेन्ट मात्र नभई ब्लुमुन ओभरसिजका सञ्चालक भएको दुतावासबाट खुल्यो। दुतावासमा भण्डारीका अरु पनि उजुरी आएको श्रम सहचारी नरेन्द्र ज्ञवालीले बताए ‘हिजो पनि ब्लुमुन ओभरसिजबाट आएका एकजना पिडितको फोन उजुरी आएको थियो’ ज्ञवालीले भने

ब्लुमुन ओभरसिज तथा एचएमटी ओभरसिजले विगत लामो समयदेखि कतारका विभिन्न कम्पनीका भिसालाई आजाद भिसाको नाममा बेच्दै आएको खुल्न आएको छ।

यसबारे जानकारी लिन एचएमटी ओभरसिजका सञ्चालक  लक्ष्मी प्रसाद गिरीलाई सम्पर्क गर्दा उनले तामाङलाई कुनै समस्या नरहेको बताए भने ब्लुमुन ओभरसिजका सञ्चालकले समस्या हल गर्ने बताए।

कतार स्थित नेपाली राजदुताबास, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँ, टियुसी कतार शाखाका अध्यक्ष बुद्ध पाण्डे एनसीसी कतारका सदस्य झबिन्द्र आचार्यको पहलमा प्रितम तामाङलाई नेपाल फर्काउने वातावरण बनेको

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: