क्वालालम्पुर, कात्तिक १९-
मलेसियामा कामदार बोकेको एक बस पल्टिंदा २ नेपाली सहित १४ जना गम्भीर घाइते भएका छन् । तपाह जिल्लाका प्रहरी प्रमुखलाई उधृत गर्दै बनर्माले जनाए अनुसार एक मोडमा बढी मोडिएका कारण सो गाडी दुर्घटनामा परेको हो ।
समाचार अनुसार घटना विहान ५ बजेर १० मिनेटमा भएको थियो । सो गाडी ग्यान्टिङ हाइल्याण्ड तर्फ जाँदै गरेको जनाइएको छ । गाडीमा ३० जना सवार थिए । घटनामा घाइते भएका दुई नेपाली र १२ जना ईण्डोनेशियाली कामदारलाई स्थानीय अस्पताल भर्ना गरिएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1