नेपाल र युएईवीच महत्वपूर्ण सहमति, युएई जाने कामदारसँग मेनपावर कम्पनीले रकम लिन नपाउने

काठमाडौं, कात्तिक १८-

रोजगारीका लागि युएई जाने कामदारसँग नेपालस्थीत मेनपावर कम्पनीहरुले सेवा शुल्कको नाममा रकम उठाउन नपाउने भएका छन् नेपाल युएईका सरकारी प्रतिनिधिवीच काठमाडौंमा दुईदिनसम्म चलेको बैठकमा यस विषयमा सहमति भएको हो कामदार पठाएवापत सेवा शुल्क रोजगारदाताले नै उपलव्ध गराउने विषयमा दुई देशवीच सहमति जुटेको हो

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे नेतृत्वको नेपाली प्रतिनिधिमण्डल नेपाल आएको युएईको प्रतिनिधिमण्डलले कामदार आदानप्रदानका विषयमा विभिन्न विषयमा सहमति जुटाएको हो दुई देशवीच भएको सहमति अनुसार अव युएईमा रोजगारीका लागि जाने नेपाली कामदारको भिसा तथा हवाई टिकटको शुल्क तथा सेवा शुल्क रोजगारदाताको जिम्मा हुनेभएको

सो निर्णय पश्चात कामदारले वैदेशिक रोजगार बोर्डमा जम्मा गर्ने कल्याणकारी कोष वापतको रकम, वीमा शुल्क अभिमुखिकरण तालिमको खर्च मात्र व्यहोर्नु पर्नेछ अन्य खर्च रोजगारदाताले नै उपलव्ध गराउनु पर्नेमा दुवै देशका प्राविधिक टोली सहमतिमा पुगेका हुन् यो नेपालका लागि महत्वपूर्ण नीतिगत उपलव्धी हो यसले अव वैधानिक रुपमा नेपाली कामदारसँग रकम उठाउने हैसियत रोजगारदाताको हुनेछैन

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: