दुईजना नेपाली माथि प्रहरीद्धारा ज्यादती भएको विषयमा अनुसन्धान सुरु

क्वालालम्पुर, कात्तिक १८-

मलेसियामा सुरक्षागार्डका रुपमा कार्यरत दुई नेपाली माथी प्रहरीले ज्यादती गरेको विषयमा अनुसन्धान सुरु भएको छ । मलेसियाका प्रहरी प्रमुख अव्दुल हमिद बदोरले सो घटनामा ति नेपाली माथि अन्याय भए नभएको अनुसन्धान गर्न जेआइपिएसलाई निर्देशन दिइसकिएको र सो घटनामा प्रहरीले ज्यादती गरेको देखिएमा दोषिलाई कडा कारवाही गरिने जनाएका छन् । 

मलेसियाको सरकारी सञ्चार माध्यम बनर्माका अनुसार ति दुई नेपाली सुरक्षागार्ड माथि प्रहरीले ज्यादती गरेको आरोप छ । यदि आरोप सही ठहरिएमा घटनामा संलग्न प्रहरीलाई अवश्य कारवाही हुन्छ प्रहरी प्रमुखले भनेका छन् यसका लागि अविलम्व अनुसन्धान गर्न निर्देशन दिइसकिएको छ । ति दुई नेपाली माथि ज्यादती भएको समाचार मलेसियाको चर्चित अनलाइन मलेसियाकिनीमा प्रकाशित भएको थियो । सो समाचार आर नादेश्वरनले लेखेका थिए ।

समाचारमा गत अक्टोवर २१ मा प्रहरीले ति दुई नेपालीलाई पक्राउ गरेको, उनीहरुको रोजगारदाता भागेपछि व्यवस्थापकले भनें उनीहरुलाई चोरीको अभियोगमा कम्पनीले निलम्वीत गरेको बताएको उल्लेख छ । समाचार अनुसार अक्टोवर १६ मा चोरीको घटना भएको र अक्टोवर १९ मा मात्र कम्पनीले प्रहरीमा रिपोर्ट गरेको देखिएको उल्लेख गरेको छ ।

समाचारमा सो घटनामा चोरीको कुनै संकेत नदेखिएको भन्दै तर उनीहरुलाई विना कारण ८ रात प्रहरी हिरासतमा राखिएको र ज्यादती भएको उल्लेख गरिएको थियो । पछि उनीहरुलाई प्रहरीले त्यसै रिहा गरेको थियो । त्यसरी गैरकानूनी रुपमा ८ रातसम्म प्रहरी हिरासतमा राखिनु अन्यायपूर्ण भएको भन्दै मलेसियाकिनीले दोषि प्रहरीमाथि कारवाही हुनुपर्ने आवाज उठाएको थियो । त्यसैले सो घटनाको स्वतन्त्रपूर्वक छानविन गर्ने प्रतिवद्धता प्रहरी प्रमुखले गरेका हुन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: