नेकपा की काँग्रेसले जित्ला गैर आवासीय नेपाली संघको चुनाव ?

 

काठमाडौं, असोज २९-

गैर आवासीय नेपाली संघ(एनआरएनए) को नयाँ नेतृत्वका लागि आज चुनाव हुँदैछ । अध्यक्षका लागि नेकपा निकटका कुमार पन्त तथा नेपाली काँग्रेस निकटका कुल आचार्य चुनावी मैदानमा छन् ।

संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले संस्थामा अति राजनीतिकरण भएको भन्दै बहिष्कार नै गरिसकेको सम्मेलनमा दुई प्यानल राजनीतिक रुपमा नै विभाजित भएर मैदानमा छन् । अपवादका रुपमा केहि पदमा फरक राजनीतिक आस्थाका व्यक्ति समेटिए पनि मुलत दुई दलको प्रतिष्ठाको लडाई नै हो संघको निर्वाचन ।

भवन भट्ट नेतृत्वको वर्तमान कार्यसमितिका उपाध्यक्ष कुमार पन्तले संघको अध्यक्षका लागि दुई वर्ष अगाडी देखि नै तयारी गरिरहेका थिए । त्यसैले उनी विश्वभर हुने संघका कार्यक्रमहरुमा पुगिरहेका थिए । यसैगरी नेपालमा आयोजना हुने कार्यक्रमहरुमा पनि उनको उल्लेख् य उपस्थीति थियो । उनले यसवीचमा संघका सदस्यहरुसँग सकेसम्म व्यक्तिगत सम्वन्ध बनाउने प्रयत्न गरेका छन् । यसैगरी महासचिव, उपाध्यक्ष हुँदै हाल अध्यक्षका प्रत्यासी पन्तको सवल पक्ष भनेको उनको दुई वर्षको लगानी नै हो । राजनीतिक रुपमा प्राप्त हुने लाभ त उनका लागि छँदैछ ।

अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यले भनें पन्तको झैं तयारी गरेका थिएनन् । उनी पछिल्लो समयमा मात्र अध्यक्षको प्रत्यासीका रुपमा अगाडी सरेका हुन् । तर अध्यक्षमा उम्मेदवारी घोषणासँगै उनले आक्रामक प्रचार अभियान चलाए । व्यक्तिगत रुपमा लामो तयारी नगरेपनि उनले राजनीतिक  आस्थाको लाभको अपेक्षा बढी गरेको देखिन्छ ।

यसअघि पूर्व अध्यक्ष महतोले प्यानल नै बनाएर चुनाव नलड्न आग्रह गरेपनि दुई प्रत्यासी प्यानल सहित मैदानमा उत्रेका छन् । कुल आचार्यको समुहबाट नेपाली काँग्रेस समर्थकहरु नै अगाडी सारिएका छन् भनें पन्तको समुहले महासचिवमा नेपाली काँग्रेसका नेतालाई नै अगाडी सारेको छ । 

मातृभूमिको माया भौगोलिक सीमाले रोकिन्नः राष्ट्रपति  

मुख्य पदाधिकारीहरुमा प्रतिस्पर्धी तय गरिसकेका दुवै प्यानलबाट केहि पदहरुमा भनें यो समाचार तयार पारुञ्जेलसम्म तय हुन बाँकी नै छ । दुवै प्यानलका तर्फबाट क्षेत्रीय संयोजक तथा सहसंयोजकहरु, अन्य संयोजकहरुको उम्मेदवार चयन हुन बाँकी नै छ । ति पदहरुमा प्रतिस्पर्धी छनौटले पनि अध्यक्षका प्रत्यासीहरुको मतमा फरक पार्नेछ । तसर्थ अध्यक्षका दुवै प्रत्यासी यसमा हिच्किचाएका हुन् ।

चुनावी अभियानकै क्रममा एकले अर्कोमाथि हिलो छ्याप्ने क्रम पनि सुरु भएको छ । यसवीचमा अध्यक्षका प्रत्यासी पन्तलाई मानव तस्करीमा संलग्न रहेको आरोप लगाइएको छ भनें आचार्य प्यानबाट उठेका युरोप क्षेत्रमा बसोवास गर्ने नेताहरु माथि पनि मानव तस्करीको आरोप सुरु भएको छ । 

राजनीतिक रुपमा विभाजित भएपनि एनआरएनएमा केहि व्यक्तिको निर्देशनले अझै पनि  मतदानमा प्रभाव पार्दछ । विशेषगरी पूर्व अध्यक्षहरु तथा क्षेत्रीय रुपमा हैसियत बनाएर बसेका व्यक्तिहरुको सुझाव पर्खेर बस्ने सदस्यहरुको जमात पनि ठूलै छ । अर्को क्षेत्रीय संयोजक तथा सहसंयोजकहरु तथा अन्य संयोजकहरुको चयनसँगै यो विषय अझ प्रष्ट हुनेछ ।

अन्य मोर्चाहरुमा भएका निर्वाचनमा हार व्यहोरेको नेकपाका लागि संघको निर्वाचन अर्को एउटा ठूलो मैदान हो । अर्कातर्फ यसवीचमा भएका निर्वाचनहरुमा नेकपालाई हराउँदै वर्चस्व राख्न सफल नेपाली काँग्रेसका लागि संघको निर्वाचन आफू बलियो भएको सन्देश दिने उपयुक्त थलो हो । गैर आवासीय नेपाली संघको सम्मेलनमा शेष घले र भवन भट्टको घोचपेच

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: