गैर आवासीय नेपाली संघको सम्मेलनमा शेष घले र भवन भट्टको घोचपेच

काठमाडौं, असोज २८-

गैर आवासीय नेपाली संघ(एनआरएनए) को नवौं विश्व सम्मेलनको उद्घाटन समारोहमा निवर्तमान अध्यक्ष शेष घले र वर्तमान अध्यक्ष भवन भट्टवीच घोचपेच चल्यो । भट्ट भन्दा अगाडी बोलेका घलेले त्यसको सुरुवात गरे भनें आफ्नो मन्तव्यका क्रममा भट्टले पनि त्यसको जवाफ फर्काएका थिए ।

२ हजार भन्दा बढी प्रतिनिधि तथा सहभागिलाई साक्षि राखेर निवर्तमान अध्यक्ष घलेले गैर आवासीय नेपाली संघको गतिशिलतालाई हामीले कायमै राख्न सक्यौं भन्दै प्रश्न उठाए । उनले संघको प्राथमिक काम नेपालमा मद्धत गर्ने नै हो भन्दै वर्तमान नेतृत्वले त्यो गर्न नसकेको भन्ने ढंगले प्रश्न उठाए ।

घलेले आठौं विश्व सम्मेलनले पारीत गरेका कार्यक्रम कति कार्यान्वयन भए त्यसको पनि समिक्षा हुनु पर्ने भन्दै भट्ट नेतृत्वको कार्यसमितिले सही ढंगमा काम नगरेको आरोप पनि लगाए । दुई कार्यकाल अध्यक्ष भएपछि विधानत पुनः अध्यक्षमा उठ्न नपाउने भएपछि घलेले आफ्नी श्रीमति जमुना गुरुङलाई अध्यक्षमा चुनावी प्रतिस्पर्धामा उतारेका थिए । गुरुङलाई पराजीत गर्दै भवन भट्ट अध्यक्ष भएका थिए । त्यसको तुष दुई वर्ष पश्चात नवौं विश्व सम्मेलनमा घलेले पोखे । 

घलेपछि बोलेका अध्यक्ष भट्टले आफ्नो कार्यकालमा यसअघिको एनआरएनए भित्रको म भन्ने भावना सानो हुँदै गएर हामी भन्ने भावना ठूलो हुँदै गएको भन्दै घलेलाई कटाक्ष गरे । उनले गैर आवासीय नेपालीको आत्मा नै नेपाल हो भन्दै त्यसलाई आफ्नो नेतृत्वले अझ स्थापित गरेको बताए । उनले आफ्नो कार्यसमितका सवै सदस्यले खुसीका साथ काम गरेको र कसैले शिर निहुराउनु पर्ने अवस्था नआएको भन्दै जवाफ फर्काए । उनले वर्तमान नेतृत्वले परोपकारी काम गर्न नसकेको भन्ने निवर्तमान अध्यक्ष घलेको आरोपको प्रतिवाद गर्दै संघले पछिल्लो दुई वर्षमा गरेका कामको फेहरिस्ता पनि प्रस्तुत गरेका थिए ।

नयाँ नेतृत्व चयन गर्ने सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । नयाँ नेतृत्वका लागि उपाध्यक्षद्धय कुमार पन्त तथा कुल आचार्य चुनावी मैदानमा छन् ।

यो पनि पढ्नुहोस् मातृभूमिको माया भौगोलिक सीमाले रोकिन्नः राष्ट्रपति

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: