एनआरएनएलाई लाग्यो चुनाव, झण्डै २३ सयले मतदान गर्ने अनुमान

 

काठमाडौं, असोज २७-

गैर आवासीय नेपाली संघ(एनआरएनए) को नवौं विश्व सम्मेलनमा नयाँ नेतृत्व चयनको चटारो सुरु भएको मंगलवार सुरु हुने सम्मेलनको सम्पूर्ण तयारी सकिएको आयोजकले जानकारी दिएका छन् सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम

सम्मेलनको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सम्मेलनमा ८१ देशमा छरिएका झण्डै २३ सय गैर आवासीय नेपाली प्रतिनिधिले भाग लिनेछन् महासचिव बद्री केसीले लाख सदस्यहरुबाट छानिएका २८ सय प्रतिनिधि मध्ये २२ देखि २३ सय सहभागि हुने अनुमान गरिएको बताए

यसैबीच निर्वाचन नजिकिएसँगै एनआरएनएमा नयाँ नेतृत्वका लागि अन्तिम कसरत सुरु भएको आगामी कार्यकालका लागि यसअघि नै वर्तमान उपाध्यक्षहरु कुमार पन्त तथा कुल आचार्यले उम्मेदवारी घोषणा गरिसकेका छन् अध्यक्षका प्रत्यासी दुवैले आफ्नो प्यानल नै लिएर निर्वाचनमा होमिएका छन् आचार्य काँग्रेस पक्षको उम्मेदवारका रुपमा चिनिएका छन् भनें पन्त नेकपा पक्षका उम्मेदवारका रुपमा चिनिएका छन्

आचार्यले सोमवार पत्रकार सम्मेलन गरी आफ्नो प्यानको पदाधिकारीको घोषणा गरे उनको प्यानलबाट उपाध्यक्षमा केशव पौडेल, नरेन्द्र भाट, मन केसी रविना थापालाई अगाडी सारिएको यसैगरी महासचिवमा जानकी गुरुङलाई उठाउने तय भएको भनें कोषाध्यक्षमा सोम सापकोटा अगाडी सरेका छन्

यसअघि अध्यक्षका लागि आक्रामक रुपमा चुनाव प्रचारमा उत्रिइसकेका पन्तको प्यानलबाट उपाध्यक्षमा डा. बद्री केसी, सोनाम लामा, धर्मराज अधिकारी, हिम्मत थापा सपिलाराज भण्डारी रहने बताइएको महासचिवमा डा. हेमराज शर्मालाई अगाडी सारिने अनुमान कतारका व्यवसायी आरके शर्मा, बेल्जियमका शिव बरुवाल लोेकप्रसाद दाहाल पनि उनको समुहमा नै रहेका छन्  

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय