युरोप लैजाने नाममा कतार पुर्याएर अलपत्र पार्ने क्रम बढ्यो, दूतावासद्धारा सजग रहन अपिल

दोहा, असोज २४-

पछिल्लो समयमा केहि दलालले नेपालीलाई पोल्याण्ड लगायतका युरोपेली मुलुकमा रोजगारीमा पठाउने भन्दै कतार पुर्याएर अलप पार्ने गरेको घटनामा बृद्धि भएको छ । उनीहरुले युरोपका विभिन्न मुलुकमा राम्रो कमाई हुने भन्दै कतार पुर्याउने र दलाल सम्पर्कविहिन हुने गरेका छन् ।

यसरी कतार आइपुगेर अलपत्र हुनेको संख्या बढ्दै गएपछि कतारस्थीत नेपाली दूतावासले यसमा सजग रहन अपिल गरेको छ । दूतावासले सुचना जारी गर्दै ठूलो रकम असुलेर नेपाली नागरिकलाई कतार ल्याइपुर्याएर अलपत्र पार्ने गरेको गुनासो दूतावासमा प्राप्त हुने गरेको जनाएको हो ।

दूतावासले नेपालबाट कुनै तेश्रो मुलुक जानका लागि कतार आई रहनु नपर्ने र कतारको रोजगारी गर्ने अनुमतिप्राप्त भिसा प्राप्त गरेको अवस्थामा अन्य तेश्रो मुलुक जान पाइने प्रावधान रहेको पनि स्पष्ट पारेको छ । केही व्यक्तिले नेपाली नागरिकहरुलाई आकर्षक जागिरको प्रलोभन देखाई पोल्याण्ड लगायत यूरोपेली मुलुक पुर्याउने नाममा ठूलै मात्रामा रकम असूल गरिरहेको बुझिन आएको हुँदा कसैको सम्पर्कमा यस्ता व्यक्तिहरु आएमा त्यस्ता व्यक्तिहरुको भनाईमा विश्वास नगर्न पनि दूतावासले आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस् कथित आजादभिसामा आउनेहरु थप समस्यामा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: