दशैंतिहारका कारण बढ्यो विप्रेषण 

काठमाडौं, असोज १९-

रोजगारका सिलसिलामा विभिन्न देशमा गएका म्याग्देलीले दशैँ तिहारलाई लक्षित गरी जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थामा दैनिक तीन करोडसम्म विप्रेषण पठाउने गरेका छन्    

असोजको पहिलो सातासम्म सामान्य भीडभाड रहेका वित्तीय संस्थामा तीन दिन सामान्य अवस्थाभन्दा चारगुणा बढेको बैंक तथा वित्तीय संस्थाहरुले जनाएका छन् दशैँ तिहारलाई लक्षित गरी पठाएको विप्रेषण लिन सदरमुकाम बेनीसहित जिल्लाका अन्य व्यापारिक केन्द्रमा दैनिक विप्रेषण लिन आउनेको भीड लागेको थियो    

विश्वका विभिन्न देशमा रहेका म्याग्दीवासीले परिवारलाई खानपिन, लत्ताकपडासहित घरायसी खर्चलाई लक्षित गरी २० हजारदेखि तीन लाखसम्म विप्रेषण पठाउने गरेको गरिमा विकास बैंक बेनी शाखाका प्रबन्धक कमलप्रसाद ढुङ्गानाले बताए     

जिल्लामा चार वटा शाखा रहेको गरिमाको बेनी शाखाले मात्रै दशैँको अवधिमा करीब पाँच करोडको कारोवार गर्ने जनाएको गरिमाले वार्षिक करीव एक अर्बको हाराहारीमा गरिमाले विप्रेषण भुक्तान गर्ने बताउँदै यस वर्ष विगतको तुलनामा बढेको जनाएको    

जिल्लामा रहेका सेवाप्रदायक संस्थाले दिएको तथ्याङ्कअनुसार प्रतिव्यक्ति न्यूनतम रु १० हजारदेखि पाँच लाखसम्म वितरण भइरहेको लोकदीप बचत तथा ऋण सहकारीका प्रबन्धक नेत्रराज सुवेदीले बताए

उनले सहकारीमार्फत वार्षिक करोडको विप्रेषण वितरण गर्ने गरिए पनि दशैँको मौसममा अत्यधिक रहेको बताए जिल्लामा सार्क राष्ट्रका साथै युरोप, अमेरिकासहित खाडी मुलुकबाट विप्रेषण भित्रिने गरेकामा करीव ७० प्रतिशत विप्रेषणको हिस्सा खाडीमुलुक रहेको खाडी मुलुकबाट भित्रिने विप्रेषण घरायसी खर्चमै सीमित हुने गरेकोसमेत सेवाप्रदायक संस्थाले जनाएका छन् गोरखापत्रबाट  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय