
दिपक पुडासैनी, दोहा, असोज १७-
कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्घवाजलाई नेपाल पत्रकार महासंघ कतार शाखाले भेटघाट, परिचय तथा स्वागत गरेको छ । शाखाका अध्यक्ष करिमबक्स मियाँको नेतृत्वमा दुतावास पुगेका पत्रकारहरुले राजदुतलाई स्वागत गरेका हुन् ।
भेटमा राजदुत भारद्घवाजले आफुले सञ्चार क्षेत्र र पत्रकारहरुसँग सहकार्य गर्दै अगाडी बढ्ने बताए । उनले अहिले हरेक क्षेत्रलाई राजनीतिले डोमिनेट गरेको भन्दै यसमा सञ्चार क्षे पनि अछुतो नरहेको धारणा राखे । उनले आफू अव राज्यको प्रतिनिधि रहेको हुँदा आफु राजदूतको ओहोदामा रहँदा कुनै संस्था, दल वा समुहको घेरामा नरहने प्रतिवद्धता जनाए ।
त्रिभुवन विश्वबिधालयमा इतिहास बिषयका प्राध्यापक समेत रहिसकेका राजदुत भारद्घवाज सञ्चारक्षेत्रको पनि ज्ञाता हुन् । उनले गोरखापत्र, द राइजिङ नेपाल, द काठमाडौं पोष्ट तथा तत्कालिन समयको अंग्रजी दैनिक द एभरेष्ट हेराल्डमा काम गरेका हुन् । उनले आफ्नो मिडिया प्रति लगव र सम्मान रहेको भन्दै मिडियाले सञ्चारसँगै समाजको दायित्व र जिम्मेवारी वहन गर्नुपर्ने बताए । उनले मिडिया आफैमा चुनौतिपुर्ण छ भन्दै स्थानिय कानुनको पालना गर्दै आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरे ।
राजदुत भारद्घवाजले देश र नागरिकको प्रतिष्ठालाई उच्च बनाउन पत्रकारले सकारात्मक समाचारलाई प्राथमिकता दिंदै नकारात्मक समाचार लेख्दा पनि सकारात्मक शिक्षा मिल्ने गरी अभ्यास गर्न पत्रकार महासंघमा आवद्घ तथा आवद्ध नभएका पत्रकारहरुलाई पनि आग्रह गरे ।
यसअघी पत्रकारहरुले कतारको समसामयिक अवस्था, पत्रकारिताको जोखिम, स्थानिय कानूनको परिपालना, अपनाउनुपर्ने संयमता, दुतावासबाट पाउनु पर्ने साथ, सहयोग र सुचनाको सम्बन्धमा राजदुतलाई जानकारी गराएका थिए ।