मलेशियाबाट फर्किंदै नेपाली

काठमाडौं, असोज १५-

मलेशिया सरकारले अवैधानिक रुपमा मलेशियामा बसेर कार्यरत विदेशी कामदारलाई न्यून जरिवाना तिरेर फर्किन सञ्चालन गरेको व्याक फर गुड कार्यक्रम अन्तर्गत हालसम्म हजार भन्दा धेरै नेपाली स्वदेश फर्किएका छन् अगष्ट महिनादेखि सुरु भएको आममाफी कार्यक्रम अन्तर्गत उनीहरु फर्किएका हुन्

मलेशियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले मलेशियाले दिएको यो अवसरलाई यो भन्दा धेरै नेपालीले सदुपयोग गर्ने अपेक्षा प्रकट गरे उनले भिसाको म्याद सकिएर पनि मलेशियामा नै बसिरहेका नेपाली व्याक फर गुड कार्यक्रमको समयावधि भित्रै स्वदेश फर्किने अपेक्षा पनि प्रकट गरे राजदूत पाण्डेले मलेशियामा ११ हजार देखि १४ हजार नेपाली अवैधानिक रुपमा बसिरहेका अनुमान गरिएको त्यसमध्ये हजार स्वदेश फर्किसकेको बताए

मलेशियाली सञ्चार माध्यम बनर्मासँगको कुराकानीका क्रममा राजदूत पाण्डेले बाँकी रहेका अन्य नेपाली पनि चाँडै स्वदेश फर्किनेमा आफू आशावादी रहेको बताए

आगामी डिसेम्वर अन्तिमसम्म चालु रहने व्याक फर गुड कार्यक्रम अन्तर्गत अवैधानिक रुपमा बसिरहेकाहरु सय रिंगिट जरिवाना तिरेर विना कुनै जेलसजाय स्वदेश फर्किन पाउँदछन् यसका अलावा दूतावासबाट ट्राभल डकुमेण्ट बनाउने तथा स्वदेश फर्किने टिकटको व्यवस्था भनें कामदार स्वयंले गर्नुपर्दछ

स्वदेश फर्किन चाहने नेपालीलाई यसपटक दूतावासले उचित सहयोग गरिरहेको उनीहरुको  कागजात बनाउने, अध्यागमन कार्यालयसम्म लैजाने फर्काउने व्यवस्था दूतावासले नै गरेको त्यसैले यसपटक आमामाफीको समयमा यसअगाडी जस्तो दलालहरु सकृय हुन पाएका छैनन

मलेशियामा लाख ५७ हजार नेपाली वैधानिक रुपमा कार्यरत रहेको मलेशिया सरकारको तथ्याँक त्यहाँ मुख्यगरी नेपालीहरु उद्योग, सुरक्षा गार्ड, सेवा क्षेत्रमा कार्यरत छन्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय