काँग्रेस निकटले जिते मेनपावर व्यवसायीको निर्वाचन, श्रम मन्त्रालयसँग आमनेसामनेको बाटो खुल्ला

काठमाडौं, असोज ८-

मंगलवार भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चुनावमा नेपाली काँग्रेस निकट लोकतान्त्रीक प्यानले क्लीन स्वीप गरेको लोकतान्त्रीक फोरमका सवै उम्मेदवारले राम्रो मतान्तर सहित चुनाव जितेका हुन्

चुनावी परिणाम अनुसार नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट अध्यक्षका उम्मेदवार विष्णु प्रसाद गैरेले ४८ मतान्तरले प्रगतिशिल समुहका अध्यक्षका प्रत्यासी सरोज कुरमा पोखरललाई पराजीत गरे गैरेले सय ३० मत प्राप्त गरे

यसैगरी प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेगनाथ भुर्तेल कोषाध्यक्षमा इन्दिरा गुरुङ विजयी भए

सदस्यमा हर्कबहादुर लिम्बू, कर्णराज कटुवाल,  विजय लामा, केशवराज न्यौपाने, सुरेन्द्र अर्याल, जङ्गबहादुर इजम, बाबुलाल मगर, दिनेशकुमार रावल, लक्ष्मण पौडेल, छविलाल भट्टराई विजयी भए

यो मतपरिणामले यसअघिको कार्यकालमा संघको नेतृत्व बाहिर रहेको काँग्रेस नेकटका व्यवसायीलाई अव श्रम मन्त्रालयसँग आमनेसामने हुने बाटो खुलेको मन्त्रालयले गरेका कतिपय निर्णयको सार्वजनिक समारोेहहरुमा विरोध गर्दै आएको काँग्रेस निकटका व्यवसायीले अव औपचारिक फोरम मार्फत आवाज उठाउने बाटो खुल्ला भएको हो यसअघि रोहन गुरुङ नेतृत्वको संघको नेतृत्वले कतिपय अवस्थामा सरकारले व्यवसायीको अहित हुनेगरी नीति बनाउँदा पनि त्यसको डटेर सामना गर्न नसकेको आरोप लोकतान्त्रीक पक्षका व्यवसायीले लगाउँदै आएका थिए फोरमको क्लीन स्वीपमा त्यहि असन्तोषले पनि मलजल गरेको अनुमान गरिएको    

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: