
क्वालालम्पुर, असोज ६-
मलेसियाको क्वालालम्पुरमा मोटरसाइकल दुर्घटनामा परेर एक नेपालीको मृत्यु भएको छ, दुर्घटनामा परेका अर्को एक नेपाली गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा २४ वर्षिय विपेन थापा मगर रहेका छन् । यसैगरी उनीसँगै मोटरसाइकलमा सवार २५ वर्षिय हरि पुन मगर गम्भीर घाइते भएका हुन् ।
पुत्रजया प्रहरी प्रमुख रोज्ली हसनका अनुसार उनीहरु राती ९ बजे दुर्घटनामा परेका थिए । उनका अनुसार घटनामा घाइते भएका हरि पुन मगर कोमामा रहेका छन् र उनको पुत्रजया अस्पतालमा अति सघन कक्षमा उपचार भइरहेको छ । मृत्यु भएका र घाइतेको नेपालको ठेगाना भनें खुलेको छैन ।