कतारमा विदेशी कामदारले तलव पाएनन्ः एम्नेष्टि

दोहा, असोज ५-

मानवअधिकारवादी संस्था एम्नेष्टि ईण्टरनेशनलले कतारमा सयौं कामदारले काम गरेको तलव नपाउने गरेको जवर्जस्ती विना तलव स्वदेश फर्काइएको बताएको कतारले विदेशी कामदारको अधिकारको पक्षमा काम गरेको बताइरहेपनि व्यवहारमा त्यो लागु नभएको एम्नेष्टिको भनार्ई

एम्नेष्टि ईण्टरनेशनलले सार्वजनिक गरेको रिपोर्टमा बाध्यकारी श्रमको अवस्था कायमै रहेको उल्लेख सन् २०२२ मा विश्वकप फुटवल प्रतियोगिताको आयोजक मुलुक कतारमा नेपाल, भारत, फिलिपिन्स लगायतका मुलुकबाट रोजगारीका लागि आएका झण्डै २० लाख श्रमिक कार्यरत छन्

श्रमिकमाथि शोषण हुने गरेको आवाज पटक पटक उठ्दै आएपछि विश्वकप फुटवल प्रतियोगिता नै आयोजना गर्न मुस्किल अवस्था सिर्जना भएपछि कतारले श्रम क्षेत्रमा आमुल परिवर्तनको प्रतिवद्धता सहित केहि सुधारका कार्यक्रम लागु गरेको उसले छिटो छरितो रुपमा श्रमिकका गुनासो सुन्ने समाधान गर्ने तथा तलव सम्वन्धी कुनै समस्या भएमा तत्काल समाधान गर्ने उपाय अवलम्वन गरेको जानकारी विश्व समुदायलाई गराएको तर एम्नेष्टिको पछिल्लो रिपोर्टले भनें कसरी सयौं कामदार अहिले पनि तलव विना नै काम गर्न बाध्य बनाइएका छन् उनीहरुको समस्याको सुनुवाई नभईरहेको विषय उल्लेख गरेको

कतारले भनें श्रम क्षेत्र सुधारका लागि पछिल्लो समयमा आइएलओ लगायतसँगको सहकार्यमा  काम भइरहेको धेरै सुधार भइसकेको बताएको कुनै गुनासो भएमा तत्काल सम्वोधन गर्ने गरिएको कतारी सरकारले धारणा सार्वजनिक गरेको

रिपोर्टमा तीनवटा कम्पनीबाट तलव पाउन नसकेका हजार कामदारले गुनासो दर्ता गराएको उल्लेख

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: