
काठमाडौं, असोज १-
नेपालस्थीत मलेसियाली दूतावासले नेपाली कामदारको स्वास्थ्य परिक्षण वापतको रकम मलेसिया पुगेर रोजगारी सुरु गरेपश्चात रोजगारदाताले पहिलो महिनाको तलवसँगै थपेर दिने प्रष्ट पारेको छ । दूतावासले विज्ञप्ती निकाल्दै मलेसिया जान चाहनेहरुको स्वास्थ्य परीक्षण शुल्क बारे स्पष्ट बनाएको हो ।
काठमाडौंस्थीत दूतावासले प्रकाशित गरेको सुचनामा भनिएको छः नेपाल र मलेसियावीच २९ अक्टोवर, २०१८ मा भएको श्रम समझदारी अनुसार स्वास्थ्य परीक्षण वापतको शुल्क तिर्नुपर्ने दायित्व रोजगारदाताहरुको नै रहेको छ ।
दूतावासले यसअघिको शुल्कमा भएको वृद्धिका बारेमा पनि उल्लेख गर्दै सो तत्काल लागु हुने जनाएको छ ।
यो पनि पढ्नुहोस् मलेसियाको रोजगारीः यी कुरामा ध्यान दिन आग्रह