पक्राउ परे दुई नेपाली

क्वालालम्पुर, भदौ २९-

मलेसियामा दुई नेपाली पक्राउ परेका छन् । ७ वटा कृषि फार्ममा गरिएको खोजतलाशका क्रममा अन्य ३७ सहित दुई नेपाली पनि पक्राउ परेको प्रहरीलाई उधृत गर्दै स्थानीय सञ्चार माध्यमले समाचार लेखेका छन् । ति व्यक्तिहरु अवैधानिक रुपमा मलेसियामा बस्दै आएको प्रहरीको भनाई छ ।

क्यामरन हाइल्याण्डमा गरिएको प्रहरी खोजतलाशका क्रममा उनीहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैभन्दा धेरै १७ जना भारतीय, १२ जना वंगलादेशी, सात जना म्यानमार, दुई नेपाली र अन्य एकजना रहेको जनाइएको छ ।

खोजतलाश सुरु भएपछि भाग्न थालेकाहरुलाई घेरा हालेर पक्राउ गरिएको जनाइएको छ । उनीहरुलाई थुनुवा केन्द्रमा पठाइएको र अनुसन्धान सुरु भएको समाचारमा जनाइएको छ । सो क्रममा ६ जना रोजगारदातालाई समेत कारवाही हुने जनाइएको छ ।

मलेसियाले अवैधानिक रुपमा बसिरहेकाहरुलाई स्वदेश फर्किने अवसर स्वरुप हाल व्याक फर गुड कार्यक्रम सञ्चालन गरिरहेको छ जस अन्तर्गत निवेदन दिएर न्यून जरिवाना तिरेर स्वदेश फर्किन पाइन्छ । मलेसियास्थीत नेपाली दूतावासले सो अवसरको सदुपयोग गर्न पटक पटक आग्रह गर्दै आएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: