कतारसँग नेपालको प्रस्तावः शुन्य लागतमा कामदार, तलव बढाउ

काठमाडौं, असोज २-

श्रम मन्त्री गोकर्ण विष्टले कतारमा नेपाली श्रमिकको न्यूनतम ज्याला बृद्धि गर्न प्रस्ताव गरेका छन् उनले नेपाली श्रमिकको वीमा लगायत सामाजिक सुरक्षा श्रमिकले पाउने सेवा, सुविधा सुनिश्चित गर्न आग्रह गरे

नेपालका लागि कतारका राजदूत युसुफ वीन हमिद अल हायलसँगको भेटमा मन्त्री विष्टले शुन्य लागतमा नेपाली श्रमिक लैजान समेत प्रस्ताव गरे उनले  दुवै देशको सरकारी संयन्त्र तयार पारेर सोही माध्यमबाट कामदार छनौट आपूर्ती गर्न आग्रह गरेको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले बताएका छन्

भेटमा मन्त्री विष्टले २४ घण्टे वीमाको व्यवस्था तथा व्यावसायजन्य स्वास्थ्य तथा सुरक्षा लगायतका विषयमा पनि नेपालको धारणा राखे

पुनः श्रम स्वीकृति अव विदेशस्थीत दूतावासबाट नै 

भेटमा कतारका राजदुत हायलले कामदारको शून्य लागतको विषयमा कतार सरकार सकारात्मक रहेको, सामाजिक सुरक्षाको विषय उपयुक्त रहेको बताएको प्रवक्ता दाहालले बताए यसैगरी उनले कतारमा घरेलु कामदारको अत्याधिक माग रहेको भन्दै नेपालले हाल रोक्का राखेको घरेलु कामदारको आपूर्तिलाई सहज बनाउन आग्रह गरेका थिए उनले कामदारको सुरक्षाको विषयमा कतार सरकारले जिम्मेवारीपूर्वक अघि बढ्ने बताए

यो पनि पढ्नुहोस् यी मादक पदार्थ जसले मलेसियामा लियो १५ जनाको ज्यान

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय