लाखौं खर्च गरेर युरोपको सपना देख्न छोड्नु आवश्यकः दहाल

युरोप, धेरैको सपनाको ठाउँ । हामी सुन्छौं, पढ्छौं नी, कतिपय नेपाली लाखौं रकम दलाललाई खुवाउँदै विभिन्न देश भएर अमेरिका पस्ने प्रयत्न गर्दछन् । युरोप छिर्न प्रयास गर्नेहरुको संख्या पनि कम छैन । केहि बर्षपहिले युरोपका जर्मनी, बेल्जियम लगायतका मुलुकमा पुग्ने नेपाली धेरै थिए । अहिले ति मुलुकमा प्रवेश गर्न कडाई गरिएपछि नेपालीहरु बैधानिक रुपमै जान सकिने युरोपेली मुलुकहरु पोर्चुगल, पोल्याण्ड लगायतका मुलुकहरुमा जाने गर्दछन् ।

झण्डै १०-१२ लाख खर्च गरेर पोर्चुगल, पोल्याण्ड पुग्नेहरुले के साँच्चै अपेक्षा गरे अनुसार काम पाउँछन् ? के उनीहरुले देखेको सपना जस्तै छ त त्यहाँको काम ? गैरआवासिय नेपाली संघ(एनआरएनए), बेल्जियमका अध्यक्ष लोक प्रसाद दाहालसँग सुनिल न्यौपानेले गरेको कुराकानी । 

नेपालबाट देखेको युरोपको सपना र तपाईले बेल्जिमयमा बसेर देखेको युरोपबीचको फरक कस्तो छ ?

नेपालबाट अहिले जतिपनि नेपाली युरोपको सपना देखेर आउनुहुन्छ, उहाँहरुले दलाललाई पनि अत्यधिक रकम तिरेर आउने गरेको देखिएको छ । वर्किङ भिषामा धेरै रकम तिरेर पोल्याण्ड आएका नेपाली त्यहाँबाट भागिरहेको हामीले सुनिरहेका छौं । कतिपयले बाहिर माइनस २० डिग्रिमा काम गर्नुपरेको, कतिपयले नेपालमा भनिएअनुसार तलव नपाएर काम छोडेर भागेको सुनिन्छ । वास्तवमा अहिले युरोपको अवस्था त्यति राम्रो छैन । 

तपाई गैर आवासिय नेपाली संघ, बेल्जियमको अध्यक्ष पनि हुनुहुन्छ । तपाईहरुसँग नेपालीका कस्ता मुद्धाहरु आईपुग्छन् जसलाई सहयोग गर्नुपर्ने हुन्छ ?

यहाँ स्थानीय समस्याहरु पनि आइरहेको हुन्छ र बाहिर दलालहरुबाट ठगिएका समस्याहरु पनि आइरहेका हुन्छन् । नेपालबाट वर्किङ वा स्टुडेण्ट भिषामा आएर गम्भीर विरामी पर्नेहरुका समस्या पनि हामीसम्म आइरहन्छन् । भर्खरै एकजनालाई उद्धार गरेर नेपाल पठाउनु पर्यो । उहाँलाई डिप्रेसन भएको थियो । यस्तै खालका मुद्धाहरु हामीले धेरैजसो हेर्नुपर्ने हुन्छ ।

युरोपमा आइसकेपछि पनि बेरोजगारीको समस्या धेरै छ । यद्यपी बेल्जियममा अहिले यो समस्या टरेको छ, किनकी यहाँ आउन नै पहिले जस्तो छैन । तर नजिकका मुलुकहरु पोल्याण्ड, पोर्चुगलमा चाहिं यो समस्या बढ्दै गएको छ । कागजात नभइ गैरकानूनी रुपमा आइपुगेका साथिहरुलाई हामीले चाहेर पनि काम खोजिदिन सक्दैनौं । किनभनें काला मान्छे भनिने त्यस्ता कागजातविहिनहरुलाई रोजगारीमा लगाएको फेला पारेमा सरकारले ठूलो आर्थिक सजाय गर्दछ । त्यसैले हामीले मानविय हिसावले सहयोग गरौं भनेर चाहेर पनि सहयोग गर्न सक्दैनौं । त्यसैले युरोपको ठूलो सपना देखेर लाखौं खर्च गरेर आउनु हुन्न । त्यो लगानी फलदायक हुन्न ।

बेल्जियम बन्द भइसकेपछि अहिले पोल्याण्ड र पोर्चुगलमा नै हो धेरै नेपाली आकर्षित भइरहेको छ । त्यहाँ चाहिं के असहज नै हो काम गर्न ?

नेपालबाट आउँदा १२१५ लाख तिरेर त्यसरी आउनेहरु कानूनी रुपमा नै आउँछन् । भर्खरै त्यसरी नै आएका दुई तीनजना नेपाली मेरो सम्पर्कमा आएका थिए । उनीहरुले भने अनुसार दिनमा १२ घण्टा काम गर्नुपर्छ । होष्टलमा २० २५ जनाको मेसमा खाना बनाउन केहि घण्टा लाममा बस्नुपर्छ । अनी कुखुरा कम्पनीमा माइनस २० डिग्रिमा काम गर्दा पनि करहरु तिरेर मुस्किलले ५०-६० हजार महिनामा कमाई हुने भएपछि भागेर पोर्चुगल पसेको भन्दै थिए उनीहरु । उनीहरु पोर्चुगलमा जसोतसो तीनबर्ष काटेर कागज बनाउन पाइन्छ की भन्ने आशा गर्दैथिए । तर पोर्चुगलमा पनि एकदमै कठिन छ । खेतीको काम गर्नुपर्छ ।

हिजोका दिनमा आउनेहरुलाई केहि सहज थियो । तर अहिले त्यस्तो छैन । त्यसैले फेरी पनि मेरो आग्रह युरोपको सपना देख्न छोडिदिनुस् । त्यो रकम नेपालमा नै लगानी गरेर काम गर्नुभयो भनें तपाईको भविष्य राम्रो हुन्छ ।

(एनआरएनए, बेल्जियमका अध्यक्ष दहालसँगको कुराकानी रेडियो कार्यक्रम सुनौलो मौकामा प्रशारण भएको छ। यो सामग्री १ साउन २०७५ मा प्रकाशित भएको हो ।)     

यो पनि पढ्नुहोस् आमा भन्छिन्ः कुखुरा जुध्दा पनि मेरो छोरो परदेशबाट आइपुग्यो झैं लाग्छ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: