साउन देखि १३ हजार ४ सय ५० भन्दा कम तलव दिन नपाइने

काठमाडौं, असार २५-

सरकारले नेपालमा कार्यरत श्रमिकको न्यूनतम ज्याला प्रतिमहिना १३ हजार सय ५० तोकेको । यसैगरी साउन देखि दैनिक ज्याला ५ सय १७ तथा प्रतिघण्टा ज्याला रु ६९ भएको छ । रोजगारदाताहरु तथा ट्रेड युनियनहरुबीच भएको सहमति अनुरुप नै सरकारले न्यूनतम ज्याला तोकेको हो यसअघि श्रमिकको न्यूनतम ज्याला हजार  सय थियो

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री गोकर्ण विष्टले ईतिहासमै पहिलो पटक धेरै प्रतिशतमा श्रमिकको तलव बृद्धि भएको बताए यसपटकको बृद्धि ३९ प्रतिशत हुन आउँछ मन्त्री विष्टले आगामी साउन महिना देखि नैै न्यूनतम ज्याला कार्यान्वयन हुने भन्दै श्रमिकको मानवोचित रुपमा बाँच्न पाउने अवस्था निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताए यो न्यूनतम तलव भएको भन्दै मन्त्री विष्टले यसभन्दा बढी दिन सामुहिक सौदावाजीको अभ्यास गर्न खुल्ला नै रहेको धारणा राखे

सरकारले तोकेको न्यूनतम ज्याला मध्ये हजार सय ५५ आधारभूत तलव हो भने हजार सय ९५ महंगी भत्ता हो

सो अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सहमति कार्यान्वयन गर्न रोजगारदाताहरु प्रतिवद्ध रहेको भन्दै समृद्ध नेपाल बनाउने अभियानमा आफूहरु हातेमालो गर्न सदैव तयार रहेको बताइन् राणाले श्रमिकलाई रोजगारदाताहरुले आफ्नो परिवारको सदस्य ठान्ने गरेको भन्दै श्रमिक रोजगारदाताबीच नङ मासुको सम्वन्ध हुने धारणा राखिन् उनले नेपालमा उत्पादकत्व बृद्धि गर्नु आवश्यक रहेको भन्दै उत्पादनको लागत नेपालमा धेरै  पर्ने गरेको यसलाई घटाउन सके मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिने धारणा राखिन्

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र(जेटीयूसीसी) का अध्यक्ष विश्वनाथ प्याकुरेलले हाल बृद्धि भएको ज्याला यथेष्ठ नरहेको धारणा राखे उनले हाल भएको सहमति कार्यान्वयन गर्न रोजगारदातालाई निर्णय कार्यान्वयन भए नभएको प्रभावकारी अनुगमन गर्न सरकारलाई आग्रह गरे

सो अवसरमा नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले न्यूनत ज्याला निर्धारण समितिको वार्ता सुरु भएदेखि नै आफूहरुले कार्यथलो मर्यादित हुनुपर्ने श्रमिकलाई खान पुग्ने ज्याला हुनुपर्ने पक्षमा आवाज उठाएको बताए उनले जीवनयापन गर्न पुग्ने ज्याला नपाएकै कारण युवाले बैदेशिक रोजगारमा जानुपर्ने अवस्था अन्त्य हुनुपर्ने धारणा राख्दै आएको उल्लेख गर्दै त्यसैले २० हजार मासिक तलव प्रस्ताव गरिएको बताए अन्ततः आफूहरु १३ हजार सय ५० मा सहमत भएको भन्दै अहिलेको बृद्धि सम्पूर्ण श्रमिकले प्राप्त गर्नेगरी कार्यान्वयन हुनुपर्ने उनको भनाई थियो जिफन्ट अध्यक्ष श्रेष्ठले हरेक कारखाना तथा प्रतिष्ठानहरुमा ज्याला बृद्धिका विषयमा छलफल हुने बताए

सो अवसरमा नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुश्कर आचार्यले भनें आफुहरुको असहमति रहेको बताए उनले १७ हजार न्यूनतम ज्याला हुनुपर्ने बताए पनि यसअघि नै रोजगारदाता ट्रेड युनियनबीच भएको छलफलमा ट्रेड युनियन काँग्रेसले समेत १३ हजार सय ५० मा सहमति जनाइसकेका कारण आचार्य अप्ठ्यारोमा परेका थिए

सो अवसरमा जिफन्टका उपाध्यक्ष दिपक पौडेल, रोजगारदाताहरुका तर्फबाट भरतराज आचार्य, चण्डी  ढकाल, शेखर गोल्छा लगायतले सहमतिका बारेमा जानकारी गराएका थिए

यो पनि पढ्नुहोस् न्यूनतम तलव १३ हजार सय ५० मा ट्रेड युनियन रोजगारदाता सहमत 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय