
काठमाडौं, असार १८-
मलेसिया सरकारले सुरु गरेको अवैधानिक रुपमा बसिरहेका आप्रवासी कामदारलाई पक्राउ र स्वदेश फिर्ता अभियान अन्तर्गत पहिलो दिन आईतवार २ सय २९ जना पक्राउ परेका छन् । शनिवार राती देखि नै व्यापक मात्रामा प्रहरी परिचालन भएपछि आइतवार मलेसियाका कतिपय ठाउँमा पसलहरु समेत बन्द थिए ।
प्रहरीले होष्टलहरुमै पसेर समेत परिचयपत्र हेर्ने तथा अवैधानिक रुपमा बसिरहेको फेला परेमा हातमा डोरीले बाँधेर लगेको तस्वीर तथा दृष्यहरु सार्वजनिक भएको थियो । होष्टल(होष्टल पसेर अवैधानिक कामदार खोज्दै प्रहरी, मलेसियाका संस्थाद्धारा विरोध (तस्वीरहरु)
मलेसियाको अध्यागमन विभागलाई उधृत गर्दै आईतवार १ हजार ६ सय ७२ जनालाई गरिएको सोधपुछका क्रममा २ सय २९ जनासँग आवश्यक कागजात नभेटिएको र उनीहरु पक्राउ परेको समाचार मलेसियाका स्थानीय सञ्चार माध्यमले समाचार लेखेका छन् ।
ओपिएस मेगा थ्री नामको अपरेशन अन्तर्गत अवैधानिक रुपमा बसिरहेका आप्रवासी कामदारलाई पक्राउ गर्ने र स्वदेश फर्काउने अभियान जुलाई १ देखी सुरु गर्ने यसअघि नै मलेसिया सरकारले घोषणा गरेको थियो ।
भिडियो हेर्नुहोस
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/7H1QEZyNifs” frameborder=”0″ allow=”autoplay; encrypted-media” allowfullscreen></iframe>{/source}
तस्वीर तथा भिडियो श्रोतः मलेसिया डट माईग्रेण्ट्स
रमादानमा विदेशमा हराएको छोरोको फोन पर्खिंदै बाबु आमा