ठगिको राज अव लामो समय चल्दैन: मन्त्री विष्ट

काठमाडौं, असार १७-

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले ले ठगिको राज अव धेरै दिन नचल्ने बताएका छन् । उनले १० हजारको रसिद दिएर धेरै रकम असुल्नेहरुलाई कारवाही गरिरहेको भन्दै हरेक दिन एउटा एउटा मेनपावर कम्पनीलाई कारवाही गरिरहेको भन्दै सरकार गलत काम गर्नेलाई कानूनी दायरामा ल्याउन प्रतिवद्ध रहेको बताए  

नयाँ पत्रिकाले गरेको फेसबुक लाइभमा बोल्दै मन्त्री विष्टले हाल बैदेशिक रोजगारमा जान चाहने युवालाई विभिन्न एजेण्टका नाममा तह तहमा ठगि भइरहेको भन्दै यसलाई रोक्न मन्त्रालय प्रयासरत रहेको बताए मन्त्री विष्टले यसमा कहाँ समस्या भन्ने कुरा पत्ता लगाइसकेका भन्दै यसलाई क्रमशः नियन्त्रण गर्दै लगिने बताए उनले अहिलेको जस्तो विकृति, विसंगतिको अन्त्य हुनेछ भन्दै दुई तीन महिना भित्रै नयाँ अवस्थाको अनुभूत गर्न पाइने आश्वासन दिए

मन्त्री गोकर्ण विष्टले लाख युवाले बैदेशिक रोजगारमा बगाउने रगत, पसिनासँग कुनै कुरा सम्झौता नहुने पनि बताए कतिपयले रेमिट्यान्स आम्दानी घट्ने, बढ्ने कुरा देखाएर विषयान्तर गर्न प्रयत्न गरिरहेको भन्दै मन्त्री विष्टले त्यो स्वीकार्य नभएको बताए

“नेपाली युवा ठगिने, लुटिने कुरालाई कुनै नाममा सम्झौता हुन्न” मन्त्री विष्टले भने चाहे त्यो रेमिट्यान्स वा अरु कुरा होस् मन्त्री विष्टले विगतको तुलनामा विकृतिको अनुपात धेरै घटेको तर्क समेत गरे उनले बर्षौं देखिको विकृतिको चाङ रातारात निमिट्यान्न नहुने भन्दै त्यसका लागि केहि समय लाग्ने बताए  “सवै सम्वन्धित निकायलाई अनलाइन सिष्टममा ल्याउने ठगिका सम्भावित ठाउँमा छिद्र रोक्ने गरी मैले बोलेको २० दिन भित्रै अनलाइनमा लैजाने गरी काम हुँदैछ” मन्त्री विष्टले भने “विकृति, विसंगतिलाई न्यूनिकरण गरिनेछ ।”

विदेश जानेलाई पनि सीप सिकाएर मात्र पठाउने स्वदेशमा पनि युवालाई सीप सिकाउने योजना सरकारले बनाएको जानकारी मन्त्री विष्टले दिए उनले रेमिट्यान्सलाई बैंकिङ च्यानल मार्फत स्वदेश ल्याउने उत्पादनमुलुक क्षेत्रमा लगानी कसरी गर्ने भनेर अध्ययन भइरहेको पनि बताए

सम्भव हुने देशसँग दक्षिण कोरियासँगको ईपिएस मोडलको सम्झौता अपनाउन सके यो पारदर्शी हुने मन्त्री विष्टले धारणा राखे । मन्त्री विष्टले यो सवै देशमा सम्भव नहुन सक्छ भन्दै सो सम्झौता सम्भव नहुने मुलुकमा जानेहरुसँग पनि धेरै रकम लिन नपाउने व्यवस्था मिलाइने बताए

मन्त्री विष्टले हजारौं नेपालीले घरेलु कामदारका रुपमा समस्या भोगिरहेको उनीहरु स्वदेश आउन नसकिरहेको भन्दै नेपाली श्रमिकले दुःख पाउँदैनन भन्ने ग्यारेण्टी नभएसम्म घरेलु कामदारका रुपमा नेपाली श्रमिक नपठाउने नीति कायमै राखेको बताए

यो पनि पढ्नुहोस् कम्पनीले घर फर्किन नदिएर बन्दी जस्तै बनाएपछि ……………..

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय