दुवई, असार ५-
दुवई विमानस्थलमा कार्यरत एक नेपाली मोवाईल चोरेको अभियागमा तीन महिनाका लागि जेल परेका छन् । उनलाई सजाय भुक्तान गरिसकेपछि युएईबाट निकाला गरिने अदालतले फैसला गरेको स्थानीय सञ्चार माध्यमहरुले समाचार लेखेका छन् ।
२७ बर्षिय ति व्यक्ति विमानस्थलमा विमानबाट सामान उतार्ने तथा चढाउने काम गर्ने गर्दथे । उनले मोवाईल चोरेको अभियोग ठहर गर्दै अदालतले उनलाई मोवाईलको मूल्य बरावरको रकम जरिवाना तिर्नुपर्ने फैसला गरेको छ । उनले पटक पटक चोरी गरेको देखिएको अभियोग पत्र प्रहरीले दावी गरेको थियो । उनको साथबाट लेवननी मुद्रा फेला परेको प्रहरीको दावी छ ।