नेपाल ट्रेड युनियन काँग्रेसको शाख बढाउन काम गर्नेछुः नवनिर्वाचित अध्यक्ष आचार्य

काठमाडौँ-

नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काँग्रेसका नवनिर्वाचित अध्यक्ष पुस्कर आचार्यले अव आफ्नो ध्यान नेपाल ट्रेड युनियन काँगेसको शाख अभिवृद्धि गर्न केन्द्रीत हुने बताएका छन् अध्यक्षमा निर्वाचित भएपछि बोल्दै आचार्यले मजदूरलाई आर्थिकरुपले सरल समुन्नत बनाउँदै उनीहरुको पहुँच अभिवृद्धि गर्ने समतामूलक समाज निर्माण गर्ने दिशामा अगाडि बढ्ने बताए  

यसअघि भएको निर्वाचनमा पुस्कर आचार्य नेतृत्वको समुह निर्वाचित भएको हो  सो समुह काँग्रेस सभापति देउवा ईतरको समर्थनको रहेको थियो  

छैँटौँ महाधिवेशनको निर्वाचन मतपरिणामअनुुसार आचार्यले ८१८ मत ल्याएर निर्वाचित भए उनका निकटतम प्रतिद्वन्द्वी ट्रेड युनियन काँग्रेसका निवर्तमान अध्यक्ष खिलानाथ दाहालले ५३३ मत ल्याएको निर्वाचन अधिकृत गोपालकृष्ण घिमिरेले जानकारी दिए

यस्तै वरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादव, उपाध्यक्ष (खुला) तेजेन्द्रजंग कार्की अजयकुमार राई, उपाध्यक्ष (महिला) इन्दिरा सापकोटा, उपाध्यक्ष (सेवा) नेत्रविक्रम थापा, उपाध्यक्ष (उत्पादन) ललित श्रेष्ठ, उपाध्यक्ष (अनौपचारिक) आशासिंह राठौर महासचिवमा योगेन्द्रकुमार कुँवर निर्वाचित भएका छन्

यसैगरी उपमहासचिव (खुला) गणेशबहादुर केसी, ज्योति कोइराला, उपमहासचिव (महिला) राधिका कुँइकेल, उपमहासचिव (सेवा) सीताराम अवस्थी, उपमहासचिव (अनौपचारिक) राजेश पालिखे, उपमहासचिव (उत्पादन) ईश्वरबहादुर परियार, कोषाध्यक्ष मोहनकुमार बस्नेत सहकोषाध्यक्ष सुशीला घिमिरे निर्वाचित भएका हुन्

यस्तै २७ केन्द्रीय सदस्य निर्वाचित भएका छन् जसमा एकजना मात्र दाहाल समुहका परेका छन् । कूल एक हजार ४२० मतदाता रहेको ट्रेड युनियन काँग्रेसमा एक हजार ३९८ मत खसेको निर्वाचन समितिका सदस्य अरुण पौडेलले जानकारी दिए

(रासस)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय