काठमाडौं, जेठ ३१-
सरकारी कोटामा कोरिया पठाइदिने भन्दै ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले पक्रेको छ । पक्राउ पर्नेहरूमा लमजुङका मिनबहादुर थापा र जोसेफ श्रेष्ठ छन् । प्रहरीका अनुसार पक्राउ परेका ति व्यक्तिले सरकारी कोटामा कोरिया पठाइदिने भन्दै ८० लाख ठगेका थिए ।
उनीहरूले प्रति व्यक्ति करिब ११ लाख रुपैयाँका दरले ९ जना भन्दा बढीलाई ठगेको प्रहरीको भनाई छ ।
सिआइबीका एसपी कृष्णहरि शर्माका अनुसार वर्ष दिनका लागि सरकारी कोटामा कोरिया जाने र त्यसपछि प्रत्येक वर्ष भिषा नविकरण गरिने प्रलोभन देखाएका थिए ।
यो पनि पढ्नुहोस् रमादानमा विदेशमा हराएको छोरोको फोन पर्खिंदै बाबु आमा