
काठमाडौं, जेठ २९-
राष्ट्र बैंकले मलेसियासहित ७ देशमा जाने नेपाली कामदारका लागि लागू गरिएको फ्रि भिसा र टिकट प्रावधान पुनरावलोकन गर्न सुझाव दिएको छ ।
यो व्यवस्थाले विदेश जाने कामदारको लागतमा कमी आए पनि प्रभावकारी नभएको उसको ठहर छ । अहिले पनि झण्डै २ तिहाइ कामदारले न्यूनतम शूल्क भन्दा बढी रकम तिर्नुपर्ने अवस्था रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।
राष्ट्रबैंकले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा भनिएको छ ‘निशुल्क भिसा र टिकटको प्रावधानले वैदेशिक रोजगारीमा जाने खर्चमा उल्लेख्य कमी आएको छ । तर अझै पनि दुई तिहाई कामदारले सरकारले तोकेको न्युनतम शुल्क भन्दा बढी तिर्नुपरेको अवस्था छ । विदेश जाने कामदारहरुबाट वैदेशिक रोजगार व्यवसायीहरुले अझै पनि अपारदर्शी ढंगबाट पैसा लिइरहेको अवस्था छ । तसर्थ वैदेशिक रोजगार प्राप्त गर्न अझै महंगो नै रहने गरेको छ ।’ अनलाइन खवरबाट