युएई, जेठ ३-
नेपाल सरकारले युएई लगायतका मुलुकमा आउने कामदारको मागपत्र प्रमाणिकरण वा त्यसको आधिकारितकता प्रदान गर्ने कार्य सम्वन्धित देशमा अवस्थीत नेपाली कुटनीतिक नियोगबाट गर्नुपर्ने अनिवार्य व्यवस्था गरेपछि सो अनुरुप काम सुरु भएको छ । नेपालमा मेनपावर व्यवसायीहरुले केहि समय प्रमाणिकरणको अनुमति अन्य निकायले गर्न पाउनु पर्ने भन्दै दवाव दिन खोजिरहँदा नियोगहरुले भनें सरकारी निर्णयको कार्यान्वयन थालेका हुन् ।
युएईस्थीत नेपाली दूतावासले यससम्वन्धि सुचना निकालेर सरकारी निर्णय अनुरुप काम सुरु गरिसकेको छ । दूतावासले समुहमा कामदारको माग प्रमाणिकरण गर्न आउँदा आवश्यक पर्ने प्रकृयाका बारेमा जानकारी गराएको हो । यसका लागि निवेदन, आवश्यक प्रकृया पुरा गरेर भरिएको मागपत्र लगायतका बारेमा जानकारी गराएको हो । हेर्नुहोस् दूतावासले जारी गरेको सुचना