
काठमाडौं, बैशाख ३१-
मलेसिया भिएलएन नेपाल’ नामक अनधिकृत कम्पनीले भिसा प्रोसेसिङ र भिसा संकलनका नाममा पछिल्लो साढे चार वर्षको अवधिमा ६ लाख ३३ हजार ३ सय ६८ कामदारबाट २ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी ठगी गरेको हो ।
मलेसिया भिएलएन नेपाल (वन स्टप सेन्टर–ओएससी) ले १ कात्तिक ०७० देखि नेपाली कामदारसँग अनधिकृत रूपमा शुल्क उठाइरहेको छ । असोज ०७० सम्म मलेसियाको अध्यागमन विभागले नेपाली नागरिकका लागि तोकेको भिसा शुल्कअनुसार ७ सय रुपैयाँ तिरेर कामदारहरूले भिसा पाउँदै आएका थिए ।
तर, १ कात्तिक ०७० देखि नेपालस्थित पासपोर्ट संकलनको काम भिएलएन नेपालले गर्न थाल्यो र भिसा शुल्क ७ सय रुपैयाँबाट बढाएर ३९ सय पुर्यायो । २७ भदौ ०७३ देखि भिसा शुल्कमा पुनः वृद्धि गरेर ६ हजार ७ सय रुपैयाँ कायम गरिएको छ ।
त्यसमाथि भदौ ०७४ यता भ्याटबापत भन्दै थप १३ प्रतिशत रकम बढाइएको छ । तर, मलेसियाको अध्यागमन विभागले नेपाली कामदारको भिसा शुल्क ७ सय रुपैयाँ नै स्पष्ट उल्लेख गरेको छ । नेपालीले बुझाएको रकमबाट पनि मलेसिया दूतावासले पाउने ७ सय रुपैयाँ मात्रै हो । नयाँ पत्रिकाबाट
यो पनि पढ्नुहोस् अन्ततः प्राइम लाईफ ईन्स्योरेन्स झण्डै ५ लाख क्षतिपूर्ति तिर्न बाध्य