
रञ्जना लम्साल, कावासोती, बैशाख ३१-
लामो लडाई पछि प्राईम लाईफ ईन्स्योरेन्सले बैदेशिक रोजगारका क्रममा अंगभंग भएर फर्केका एक व्यक्तिलाई क्षतिपूर्ति रकम उपलव्ध गराएको छ । झण्डै चार बर्षको प्रयत्नपछि प्राईम लाईफ सो रकम तिर्न बाध्य भएको हो । यसअघि विभिन्न बहाना देखाएर रकम तिर्न आलटाल गर्दै आएको सो ईन्स्योरेन्स कम्पनी विरुद्ध विमा समितिमा पीडित परिवारले उजुरी हालेपछि आइतवार बीमा वापतको क्षतिपूर्ति रकम परिवारलाई उपलव्ध गराइएको हो ।
मलेशियामा सेक्युरिटी गार्डको काम गर्न गएका नवलपरासीका खेमबहादुर घर्ती काम गरेर तरकारी किन्न बजार जाँदा सडकमा दुर्घटनामा परेका थिए । दुर्घटनामा परेर उनको सास त बाँकी रह्यो तर शरिरको कुनै भाग नचल्ने भएका उनी मुढो लडे झैं लडिरहेका छन् ।
उनले बैदेशिक रोजगारमा जानुपूर्व प्राईम लाइफ ईन्स्योरेन्स कम्पनीबाट वीमा गराएका थिए । दुर्घटनामा परेर स्वदेश फर्काइएका घर्तीको परिवारलाई वीमा कम्पनीले १ बर्ष पश्चात ५ लाख बराबरको बिमाको रकम दिने आश्वाशन पनि दिएको थियो ।
उपचारमा ७ लाख भन्दा बढि रकम खर्च भइसकेको अवस्थामा सो रकमले केहि राहत पाइने आशमा रहेको परिवार त्यतिबेला अप्ठ्यारोमा पर्यो जव उनको समस्या बिमा पोलिसी भित्र नपर्ने भन्दै बीमा कम्पनि उम्किन खोज्यो ।
सो समस्यालाई हल गरी पीडितलाई क्षतिपूर्ति दिलाउन कावासोतीमा हेल्भेटासद्धारा सञ्चालित सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्रले वीमा कम्पनी तथा अन्य सम्वन्धित निकायमा पटक पटक प्रयास ग¥यो । अनेकौं प्रयास गर्दा पनि वीमा कम्पनी क्षतिपूर्ति रकम दिन सहमत नभएपछि अन्ततः परिवारले सुचना केन्द्रकै पहलमा वीमा समितिमा उजुरी हालेको थियो । वीमा समितिबाट कारवाही प्रकेया अगाडी बढ्ने भएपछि प्राइम लाइफले घर्तीको घरमै गए पीडितलाई ४ लाख ७५ हजार १ सय ४२ रुपैंयाँ क्षतिपूर्ति उपलव्ध गराएको छ । पीडित घर्तीको न्यायका लागि देशपरदेशले पनि पटक पटक समाचार प्रकाशित गर्दै आएको थियो ।
पीडितका भिनाजु देव बहादुर घर्तीले सुचना केन्द्र तथा सञ्चार माध्यमको दवावका कारण आफूहरुले क्षतिपूर्ति पाउन सफल भएको भन्दै पीडितलाई न्याय दिलाउन सहयोग गरेकोमा धन्यवाद दिएका छन् ।
यो पनि पढ्नुहोस् बुझेर मात्र बीमा गर्नुस्, फस्नु होला है