विदेशमा बढ्यो नेपाली महिलाको मृत्यु, हृदयघात र डिप्रेसन मुख्य समस्या 

काठमाडौं, बैशाख १७-

वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुक पुगेका महिला कामदारमध्ये चालू आर्थिक वर्षको गत नौ महिनामा १६ जना महिला कामदारले ज्यान गुमाएका छन् २०७४ सालको चैत मसान्तसम्म कुल ३२ हजार सय ८४ जना महिला कामदार वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकतर्फ गएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको

— नेपालीले रोजगारीका लागि मनपराएका १० मुलुक (सूची सहित)

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार २०६५ देखि चालू आवको वैशाख दोस्रो सातासम्मको तथ्यांक हेर्दा करिब सयको संख्यामा महिला कामदारको मृत्यु भएको न्यून आयका लागि पनि विभिन्न मुलुकमा पुगेर त्यहाँको रोजगारीका क्रममा ज्यान गुमाउने महिलाको मृत्युको कारण पनि हृदयघात डिप्रेसनलाई नै औंल्याइएको बोर्डका प्रमुख कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिए उनले यहाँबाट ठुलो महत्वाकांक्षा बोकेर वैदेशिक रोजगारीमा जाने महिलाहरूमा विशेषगरी डिप्रेसन हृदयघातका कारण मृत्यु भएको देखिएको बताए

बोर्डका अनुसार पछिल्ला तीन वर्षको तथ्यांकअनुसार सन् २०१५ मा १२, २०१६ मा २७, २०१७ मा ३२ जना नेपाली महिला कामदारको वैदेशिक रोजगारीको क्रममा विदेशमा नै मृत्यु भएको वैदेशिक रोजगारीमा जाने महिला कामदारको मत्युदर घटाउन सरकार अन्य विभिन्न निकायबाट हालसम्म भएका प्रयासहरू खासै उपलब्धिमूलक नभएको सम्बन्धित सरोकारवालाको भनाइ उनीहरूले वैदेशिक रोजगारीमा जानेहरूको मृत्युदर घटाउन अहिलेसम्म सरकारले प्रभावकारी काम नै नगरेको बताउँदै आएका छन् राजधानीबाट

विदेशको राम्रै जागिर छोडेर स्वदेश फर्केर स्वरोजगार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय